शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

यातायात कार्यालय बाराले १० महिनामा उठायो ८ करोड २१ लाख राजस्व

सोमबार, जेठ १२ २०८२
यातायात कार्यालय बाराले १० महिनामा उठायो ८ करोड २१ लाख राजस्व

कार्यालयले चालु आवमा सबैभन्दा धेरै राजस्व सवारीसाधन करतर्फ तीन करोड ८३ लाख ८७ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

पर्सा- यातायात व्यवस्था कार्यालय बारा कलैयाले चालु आर्थिक वर्षको जेठ पहिलो सातासम्मको अवधिमा आठ करोड २१ लाख ७० हजार १३२ रूपैयाँ राजस्व संकलन गरेको छ।

कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले चालु आवको १० महिनाको अवधिमा उत्साहप्रथ ढंगले राजस्व संकलन गर्दै आइरहेको जानकारी दिए। 'कार्यालयले औसतमा मासिक ६१ लाख रूपैयाँको हाराहारीमा राजस्व संकलन गर्दै आइरहेको छ', उनले भने।

कार्यालयले चालु आवमा सबैभन्दा धेरै राजस्व सवारीसाधन करतर्फ तीन करोड ८३ लाख ८७ हजार २६७ रूपैयाँ रकम राजस्व संकलन गरेको छ। कार्यालयले चालु आवमा सवारी चालक अनुमतिपत्र पास नयाँतर्फ रु एक करोड ६९ लाख ६५ हजार राजस्व संकलन गरेको छ।

त्यस्तै, अनुमतिपत्र पास थपतर्फको शीर्षकमा २८ लाख ४२ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। अनुमतिपत्र दर्ता नयाँ शीर्षकमा भने ८३ लाख ७६ लाख रूपैयाँ राजस्व संकलन भएको छ।

त्यस्तै, अनुमतिपत्र दर्ता थप शीर्षकमा ३३ लाख ६२ हजार, अनुमतिपत्र नवीकरणतर्फ २७ लाख १६ हजार, सवारी विविधतर्फ आठ लाख २८ हजार ९५० रूपैयाँ राजस्व संकलन गरेको छ।

त्यस्तै, आयकरतर्फ आठ लाख ६० हजार ५२५ र पटके करतर्फ ३९ लाख ९२ हजार ४० रूपैयाँ रकम राजस्व संकलन गरेको छ। रासस


प्रकाशित : सोमबार, जेठ १२ २०८२१०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend