काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम गरिएको छ।
युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ ३० पैसा रहेको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ १८ पैसा र बिक्रीदर १८४ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १६५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३७ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४६ पैसा, सिंगापुर डलर एकको खरिददर १०५ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा कायम गरिएको छ।
साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा रहेको छ।
थाइ भाट एकको खरिददर ४ रुपैयाँ १९ पैसा र बिक्रीदर ४ रुपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ १६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३० पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ ०१ पैसा कायम भएको छ।
स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २७ पैसा र बिक्रीदर १४ रुपैयाँ ३४ पैसा, डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७३ पैसा र बिक्रीदर २० रुपैयाँ ८२ पैसा तोकिएको छ।
हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७ रुपैयाँ ४५ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ९९ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ४७ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ४० पैसा तोकिएको छ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ। राष्ट्र बैंकले यो विनिमय दर आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ भने वाणिज्य बैंकले तोक्ने दर फरक हुन सक्ने जानकारी दिएको छ। अद्यावधिक दर नेपाल राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने उल्लेख गरिएको छ। रासस