शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

मधेस प्रदेशमा निर्जीवन बीमाबाट दुई अर्ब १५ करोड संकलन

आइतबार, जेठ ११ २०८२
मधेस प्रदेशमा निर्जीवन बीमाबाट दुई अर्ब १५ करोड संकलन

निर्जीवन बीमातर्फ सात हजार १२४ सङ्ख्याले एक अर्ब ६० करोड २६ लाख रूपैयाँ रकम दाबी भुक्तानी माग गरेका छन्।

पर्सा- नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा निर्जीवन बीमातर्फ दुई अर्ब १५ करोड ७६ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेको छ। सोही अवधिमा भने निर्जीवन बीमातर्फ जारी बीमा लेख सङ्ख्या भने दुई लाख ५९ हजार ४७५ रूपैयाँ रहेको छ।

निर्जीवन बीमातर्फ सात हजार १२४ सङ्ख्याले एक अर्ब ६० करोड २६ लाख रूपैयाँ रकम दाबी भुक्तानी माग गरेका छन्। तर, कार्यालयले सो माग गरेकामध्ये पाँच हजार ५८५ जनालाई एक अर्ब आठ करोड ४३ करोड रूपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ।

नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालय प्रमुख प्रीति देवले मधेस प्रदेशमा पर्याप्त जनचेतनाको अभावले बीमाप्रति सर्वसाधारणको आकर्षण अपेक्षाकृत रुपमा बढ्न नसकेको गुनासो गरे। 'हामीले बीमा सम्बन्धित साक्षारता अभियान सञ्चालन गर्दै आइरहेका छौँ', उनले भने, 'आगामी दिनमा बीमाको पहुँच अभिवृद्धि हुनेमा आशावादी रहेका छौँ।'

कार्यालयले चालु आवको नौ महिनामा जीवन बीमा शुल्कबापत ११ अर्ब १६ करोड ७९ लाख रूपैयाँ रकम संकलन गरेको छ। सो अवधिमा मधेस प्रदेशमा ८६ हजार ६ सय ७० वटा जीवन बीमाको बीमालेख सङ्ख्या रहेको छ।

जीवन बीमा शुल्क संकलनमा मधेस प्रदेशको हिस्सा नौ दशमलव २४ प्रतिशत रहेको छ। चैतसम्ममा जीवन बीमातर्फको दाबी भुक्तानी सङ्ख्या १७ हजार २६८ बाट दुई अर्ब ५४ करोड ६० लाख रूपैयाँ दाबी भुक्तानी गरेको छ।

कार्यालयले गत आवको वर्षभरिमा भने जीवन बीमाकोतर्फको दाबी भुक्तानी सङ्ख्या २१ हजार ९०४ सङ्ख्याबाट दुई अर्ब ८७ करोड ७४ लाख रूपैयाँ रकम भुक्तानी गरेको थियो। रासस


प्रकाशित : आइतबार, जेठ ११ २०८२१०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend