आइतबार, जेठ १८ गते २०८२    
आइतबार, जेठ १८ २०८२
images
images

विदेश छोडेर गाउँमै रुद्राक्षका सामग्री बनाएर घरखर्च धानिरहेका सन्तोष

images
आइतबार, जेठ ११ २०८२
images
images
विदेश छोडेर गाउँमै रुद्राक्षका सामग्री बनाएर घरखर्च धानिरहेका सन्तोष

रुद्राक्षका सामग्री बनाउन उनले धनकुटा, पाँचथर, भोजपुरलगायत पहाडी जिल्लाबाट रुद्राक्ष खरिद गरेर ल्याई माला, झोला, ढाकी, ज्याकेटजस्ता सामग्री बनाउने गर्छन्। सबै खर्च कटाएर हुने मासिक २० हजारदेखि ३० हजार रुपैयाँसम्म आम्दानीले घर खर्च चलाउन पुगेको छ।

images
images

सुनसरी- धरान उपमहानगरपालिका-१४ का सन्तोष लामिछाने रुद्राक्षको व्यवसायबाट राम्रो आम्दानी गरिरहेका छन्। उनले धरान-१४ स्थित पिण्डेश्वरी मन्दिर परिसरमा विगत पाँच वर्षदेखि रुद्राक्षको बिक्री गर्दै आएका छन्। 

images
images
images

१२ वर्ष भारत बसेर फर्किएका लामिछानेले स्वदेशमै केही गर्ने सोचका साथ रुद्राक्षको माला बनाउँदै व्यापार सुरु गरेका हुन्। ‘विदेशमा दुःख गर्नुभन्दा यही रुद्राक्षका विभिन्न सामग्री बनाएर बिक्री गर्दा सजिलो र आम्दानीसमेत राम्रै भइरहेको छ’ उनले भने।

images
images

रुद्राक्षका सामग्री बनाउन उनले धनकुटा, पाँचथर, भोजपुरलगायत पहाडी जिल्लाबाट रुद्राक्ष खरिद गरेर ल्याई माला, झोला, ढाकी, ज्याकेटजस्ता सामग्री बनाउने गर्छन्। सबै खर्च कटाएर हुने मासिक २० हजारदेखि ३० हजार रुपैयाँसम्म आम्दानीले घर खर्च चलाउन पुगेको छ।

images
images
images

लामिछाने भन्छन् ‘आफूलाई मन परेको केही सामान किन्न परे पनि यही आम्दानीले चलायमान रहन्छ। दैनिक १-२ मात्र सामान बिक्री भए पनि घर खर्च टार्न पुग्ने अनि पैसा पनि हातमा आउँछ। थोरै भए पनि नियमित आम्दानी हुन्छ, यहीमा सन्तुष्टि पाएको छु।’

व्यवसायी लामिछानेले बनाएका सामग्री धरानसहित सुनसरी, मोरङ, झापा, काठमाडौं, काँकडभिट्टा तथा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमाझ लोकप्रिय छन्। बिक्रीका लागि यी ठाउँमा बढी जाने गरेको उनले बताए। ‘विदेशीहरूले विशेष गरी रुद्राक्षका झोला बढी रुचाउनुहुन्छ’ उनले भने।

ग्राहकको मागअनुसार विविध सामग्री बनाउने गरिएको जनाउँदै उनले २० देखि ५० रुपैयाँसम्ममा माला, ढाकी ३०० देखि ५०० र एक हजार ५०० देखि तीन हजार रुपैयाँसम्ममा झोला तयार हुन्छ। साथै पाँच हजारदेखि पाँच हजार ५०० सम्ममा रुद्राक्षको ज्याकेट बिक्री गर्दै आएको उनकाे भनाइ छ।

लामिछानेले दैनिक ढाकी मात्रै पाँचदेखि सात वटासम्म बिक्री गर्छन्। उनी भन्छन्, ‘अरुबेला सामान्य व्यापार भए पनि साउन महिनामा एक महिनासम्म लाग्ने बोलबम मेलामा व्यापार झनै राम्रो हुन्छ।’ साउनमा तीन जना कामदार राखेर सामग्री उत्पादन गर्छन् भने अहिले एक जना मात्रै राखेर रुद्राक्षका सामग्री बनाउँछन्।

रुद्राक्ष स्थानीयस्तरमा सहजै नपाइने भएकाले धनकुटा, भोजपुरजस्ता ठाउँमा गई बोटै ठेक्का लिएर खरिद गर्नुपर्छ। एक बोटको मूल्य एक लाखदेखि एक लाख ५० हजारसम्म पर्ने उनले बताए। अर्डर राम्रै आउने भएकाले बोटबाट रुद्राक्ष ल्याएर सामग्री बनाउन सकेपछि बिक्रीमा समस्या हुँदैन।

व्यवसायी लामिछानेका अनुसार रुद्राक्ष विशेषगरी हरियो पात भएका, लामा हाँगाहरूमा सेता फूल फुल्ने रुखमा ओखरजस्तै फल्ने गर्छ। रुद्राक्ष एक देखि १४ मुखीसम्मका रुद्राक्ष सजिलै पाइन्छन्। एकमुखी तथा नौदेखि १४ मुखीसम्मका रुद्राक्ष भने निकै दुर्लभ मानिन्छन्। धार्मिक दृष्टिले महादेवको प्रिय वनस्पति मानिने रुद्राक्ष पहाडी गाउँघरमा ‘दाना’ नामले चिनिन्छ। रासस


प्रकाशित : आइतबार, जेठ ११ २०८२१०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend