बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

निसान माइक्रा विद्युतीय भएर आउने, रेन्ज ४ सय किलोमिटर

शनिबार, जेठ १० २०८२
निसान माइक्रा विद्युतीय भएर आउने, रेन्ज ४ सय किलोमिटर

४० किलोवाट आवट ब्याट्री भएको माइक्राले ३ सय ८ किलोमिटर रेन्ज र ५२ किलोवाट आवर ब्याट्रीमा आउने माइक्राले ४ सय ८ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ।

काठमाडौं- एक दशकअघि सार्वजनिक भएको निसानको माइक्रा अब विद्युतीय भर्सनमा आउने भएको छ। निसानले छैटौँ जेनेरेसनको माइक्राससँगै यसलाई विद्युतीय भर्सनमा पनि ल्याउने घोषणा गरेको हो।

जापानी कार निर्माताले निसानले माइक्राको छैटौँ जेनेरेसन मोडल देखाउँदै यही वर्ष सुरुमा युरोपेली बजारमा विद्युतीय भर्सनको माइक्रा बिक्रीका लागि उपलब्ध गराउने बताएको छ। 

निसान रेनोको एलाइन्स भएकाले माइक्रा रेनोको सीएमएफ प्लेटफर्ममा विद्युतीय भर्सन आउने भएको छ। निसानको लन्डनमा रहेको निसान डिजाइन हाउसमा तयार भएको नयाँ माइक्रा निकै बोल्ड र मोर्डन लुक्समा आउने छ। एसयूभी लुक्स देखिने निसान माइक्रा ह्याचव्याक कारमा अगाडि सर्कुलर एलईडी डीआरएलसँगै रेक्ट्रयाङगुलर हेडल्याम्प देखिएको छ। 

कारको वरिपरि व्ल्याक क्लाइडिङ, व्ल्याक आउट रुफ, तीन फरक डिजाइनमा १८ इन्चको अलोय ह्वील रहेको छ। कारको पछाडि स्लीक ग्लस व्ल्याक स्ट्रीप, प्रोमिनेन्ट निसान व्याज र एलइडी टेलल्याम्पमा आउँदैछ। 

माइक्रा ईभीमा डुअलटोन क्याविन, १०.१ इन्चको दुई स्क्रिन, वायरले चार्जिङ प्याड, विद्युतीय पार्किङ ब्रेक, ४८ कलारको एम्बियन्ट लाइट, ३२६ लिटरको बुट स्पेस, भेहिकल टू लोड, मल्टिलिंक रियर सस्पेन्सन दिइएको छ। 

माइक्रा ईभी दुई भेरियन्ट ९० र ११० किलोवाटको मोटर आउने छ। निसानले माइक्रामा ४० किलोवाट आवर र ५२ किलोवाट आवरको दुईवटा ब्याट्री प्याकमा ल्याउने बताएको छ। ४० किलोवाट आवट ब्याट्री भएको माइक्राले ३ सय ८ किलोमिटर रेन्ज र ५२ किलोवाट आवर ब्याट्रीमा आउने माइक्राले ४ सय ८ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। त्यस्तै सानो ब्याट्री भएको माइक्रामा ९० किलोवाटको मोटर हुनेर र त्यसले २ सय २५ र ठूलो मोटर भएकोले २ सय ४५ एनएम टर्क जेनेरेट गर्छ। 

निसान माइक्राको लम्बाई ४ हजार एमएम र ह्वीलवेस २५ सय ४० एमएम रहेको छ। १ सय किलोवाटको फास्ट चार्जरबाट १५ देखि ८० प्रतिशत चार्ज हुन मात्र ३० मिनेट लाग्ने दाबी कम्पनीको छ। 

आईसी इन्जिनको निसान माइक्रा केही वर्षअघि नेपाली बजारमा पनि बिक्री भएको थियो। अहिले पनि उक्त कार नेपाली सडकमा गुडिरहेका छन्। हाल निसानका कार नेपाली बजारमा पायोनियर मोटोकर्पले बिक्री गर्दै आएको छ। कम्पनीले निसानको म्याग्नाइट क्रसओभर एसयूभी, एक्सट्रेल, नभारा पिकअप। लिफ ईभीलगायत कार बिक्री गर्दै आएको छ।   


प्रकाशित : शनिबार, जेठ १० २०८२१८:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend