शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

ट्रम्पले घोषणा गरे आयातमा भारी कर, एप्पल पनि निशानामा

शनिबार, जेठ १० २०८२
ट्रम्पले घोषणा गरे आयातमा भारी कर, एप्पल पनि निशानामा

साथै एप्पल कम्पनीले आफ्ना फोनहरू अमेरिकाभित्र उत्पादन नगरे ती सामानमा २५ प्रतिशत कर लगाइने चेतावनी राष्ट्रपति ट्रम्पले दिएका छन्।

न्यूयोर्क- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युरोपेली संघबाट आयात हुने सम्पूर्ण वस्तुमा ५० प्रतिशत कर लगाउने बताएका छन्।

साथै एप्पल कम्पनीले आफ्ना फोनहरू अमेरिकाभित्र उत्पादन नगरे ती सामानमा २५ प्रतिशत कर लगाइने चेतावनी राष्ट्रपति ट्रम्पले दिएका छन्।

उनले सामाजिक सञ्जालमा उल्लेख गर्दै ‘हाम्रो वार्ता युरोपेली संघसँग अघि बढिरहेको छैन। त्यसैले, म आगामी सन् २०२५ देखि युरोपेली संघका सबै वस्तुहरूमा सोझै ५० प्रतिशत कर लगाउने सिफारिस गर्दैछु। तर यदि ती वस्तुहरू अमेरिकामै निर्माण गरिन्छ भने कुनै पनि शुल्क लाग्ने छैन।’ 

एप्पल कम्पनीमाथि निशाना

यस घोषणाअघि राष्ट्रपति ट्रम्पले एप्पल कम्पनीप्रति असन्तुष्टि जनाउँदै यदि उक्त कम्पनीले अझै पनि आफ्नो फोन एशियामा उत्पादन जारी राखेमा २५ प्रतिशत कर लगाउन चेतावनी दिए। यससँगै एप्पल कम्पनी पनि अन्य ठूला अमेरिकी कम्पनी जस्तै राष्ट्रपतिको नीति अन्तर्गत दबाबमा परेको छ।

ती कम्पनीहरूमा अमेजन, वालमार्टलगायत रहेका छन्। जसले ट्रम्पको शुल्क नीतिका कारण उत्पन्न भएको अनिश्चितता र मूल्यवृद्धिको दबाब भोगिरहेका छन्।

व्यापार वार्ताप्रति असन्तुष्टि

राष्ट्रपति ट्रम्पले युरोपेली संघसँगको व्यापार वार्ताबाट कुनै सन्तोषजनक प्रगति नभएको बताउँदै त्यसप्रति गहिरो असन्तुष्टि व्यक्त गरे। युरोपेली पक्षले परस्पर रूपमा सबै वस्तुमा कर हटाउने प्रस्ताव गरे तापनि ट्रम्पले अधिकांश वस्तुमा न्यूनतम १० प्रतिशत शुल्क कायम राख्नुपर्ने अडान लिँदै आएका छन्।

एपी समाचार संस्थाका अनुसार, राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका केही वाक्यहरूले समेत विश्वको आर्थिक अवस्थालाई प्रभावित पार्ने खालको प्रभाव देखाएको छ।

यद्यपि, उनका शुल्क नीतिहरूले अहिलेसम्म उनले प्रतिबद्धता गरेकाे घरेलु उत्पादनको पुनःस्थापनामा अपेक्षित परिणाम दिन सकेका छैनन्। रासस


प्रकाशित : शनिबार, जेठ १० २०८२१५:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend