शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चले गरिदियो सदर

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ९ २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चले गरिदियो सदर

सर्वोच्चको यो आदेशपछि जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा नै हुनेछन्।

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामा नै रहने भएका छन्।

सर्वोच्चले लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको छ।

न्यायाधीशद्वय नहकुल सुबेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले तीन दिनको सुनुवाइपछि आज शुक्रबार आदेश दिएको हो। 

सुप्रिम सहकारीसम्बन्धी ठगी मुद्दामा यसअघि जिल्ला अदालत रूपन्देहीले दिएको एक करोड रूपैयाँ धरौटी लिएर छाड्ने आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो। उच्च अदालतले जिल्लाको आदेश उल्ट्याएसँगै रविलाई थुनामा पठाइएको थियो। 

रविलाई थुनामा पठाइएसँगै उनकी पत्नी निकिता पौडेलले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। बन्दीप्रत्यक्षीकरणको निवेदन सर्वोच्चले खारेज गरेको हो।

सर्वोच्चको यो आदेशपछि जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा नै हुनेछन्।


प्रकाशित : शुक्रबार, जेठ ९ २०८२२१:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend