शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

कालीगण्डकी स्वच्छता कार्यक्रमका लागि पूर्वाधार निर्माणको काम सुरु

शुक्रबार, जेठ ९ २०८२
कालीगण्डकी स्वच्छता कार्यक्रमका लागि पूर्वाधार निर्माणको काम सुरु

सो योजनाअन्तर्गत कालीगण्डकीको सतहभन्दा तल ६० प्रतिशत सिमेन्ट र ४० प्रतिशत ढुंगाको जग राखिनेछ।

गलेश्वर- म्याग्दीको बेनी नगरपालिकाले कालीगण्डकी र म्याग्दी नदीको संगमस्थल अर्थात् दोभानमा रहेको ‘बेनीघाट’मा कालीगण्डकी स्वच्छता कार्यक्रमअन्तर्गत पूर्वाधार निर्माणको काम सुरु गरेको छ।

बेनी नगरपालिकाले कालीगण्डकी नदीको स्वच्छता, धार्मिक तथा सांस्कृतिक पक्षलाई समेत दृष्टिगत गरी ५३ लाख पाँच हजार २ सय रूपैयाँको ठेक्का आह्वान गरी पूर्वाधार निर्माणका काम सुरु गरेको हो।

एसके कन्स्ट्रक्सन बेनीले स्थानीय नगरपालिकासँग सम्झौता गरी कालीगण्डकी र म्याग्दी नदीको संगमस्थल ‘बेनीघाट’मा अहिले धमाधम काम गरिरहेको छ। सम्झौताअनुसार २०८२ साल बैशाख १७ गतेदेखि काम सुरु भएको सो योजना आगामी असार १५ गतेसम्म सम्पन्न गर्नुपर्नेछ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार कालीगण्डकी स्वच्छता कार्यक्रमअन्तर्गत सञ्चालित यो पहिलो योजनाको सुरुमा अन्त्येष्टि गर्ने घाटलाई काठमाडौं, पशुपतिस्थित आर्यघाटको ढाँचामा  निर्माण गरी व्यवस्थित गरिने भएको छ।

सो योजनाअन्तर्गत कालीगण्डकीको सतहभन्दा तल ६० प्रतिशत सिमेन्ट र ४० प्रतिशत ढुंगाको जग राखिनेछ। यसरी जग तयार भएपछि आर्यघाटमा जस्तै सिँढी निर्माण गरी शव राख्ने तथा जलाउने ठाउँ बनाइने नगरपालिकाले स्पष्ट गरेको छ।

सनातन धर्म, संस्कृति र वातावरणलाई समेत ध्यान दिँदै आर्यघाटको ढाँचा र शैलीमा पूर्वाधार निर्माण गरी बेनिघाटलाई अझ व्यवस्थित र सुविधासम्पन्न बनाइने बेनी नगरपालिकाले स्पष्ट गरेको छ। रासस


प्रकाशित : शुक्रबार, जेठ ९ २०८२१७:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend