शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

ग्लोबल आईएमई बैंक 'इन्फोसिस फिनाकल इनोभेसन गोल्ड अवार्ड २०२५' बाट सम्मानित

शुक्रबार, जेठ ९ २०८२
ग्लोबल आईएमई बैंक 'इन्फोसिस फिनाकल इनोभेसन गोल्ड अवार्ड २०२५' बाट सम्मानित

बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेड 'इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५' मा प्रोडक्ट इनोभेसन विधाअन्तर्गत गोल्ड अवार्डबाट सम्मानित भएको छ। 

इन्फोसिस फिनाकल इनोभेसन अवार्डको २०२५ संस्करणमा विश्वभरका प्रमुख बैंकहरूबाट १० वटा श्रेणीमा ३ सयभन्दा बढी मनोनयनहरू भएका थिए। बैंकले डिजिटल इनोभेसन र सञ्चालनमा उत्कृष्टताका लागि उक्त अवार्ड प्राप्त गरेको हो।

यसवर्ष पुरस्कृत विधा डिजिटल इनोभेसन-इन्टेग्रेटेड फोर्स लोन प्लेटफर्मले ब्याक अफिस क्रेडिट सञ्चालनलाई सुव्यवस्थित गर्नमा ठूलो सफलता हासिल गरेको बैंकले जनाएको छ।

लगातार तेस्रो वर्ष यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुनुले ग्लोबल आईएमई बैंकको इनोभेसनप्रतिको समर्पण, डिजिटल सामर्थ्यको विकास र बैंकिङ क्षेत्रमा उत्कृष्टताको नयाँ कीर्तिमान कायम गर्ने दृढ संकल्पलाई उजागर गरेको पनि बैंकले जनाएको छ।

यसअघि बैंकले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन ग्लोबल स्मार्ट प्लस मार्फत सेक्युरिटी डिपोजिट लकर जारी गर्ने र ई-कमर्स कार्ड जारी गर्ने कार्यलाई डिजिटलाइज गरेबापत सन् २०२४ मा प्रोसेस इनोभेसन विधामा प्लेटिनम अवार्ड प्राप्त गरेको थियो। त्यसैगरी, सन् २०२३ मा ग्राहक अनुभव र सञ्चालन दक्षता अभिवृद्धिमा केन्द्रित डिजिटल रूपान्तरण पहलका लागि ट्रान्सफर्मेसन एक्सलेन्स गोल्ड अवार्ड प्राप्त गरेको थियो।

ग्लोबल आईएमई बैंकले मुलुकको ७७ वटै जिल्लामा रहेका ३५४ शाखा कार्यालयमार्फत ग्राहकलाई सेवा दिइरहेको छ।

बैंकले नेपाली नागरिकलाई विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ।


प्रकाशित : शुक्रबार, जेठ ९ २०८२१६:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend