शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

सीजी हस्पिटालिटी र मेरियट इन्टरनेसनलको सहकार्यमा भारतमा ‘सिरिज बाई मेरियट’ ब्राण्ड सुरु

images
शुक्रबार, जेठ ९ २०८२
images
सीजी हस्पिटालिटी र मेरियट इन्टरनेसनलको सहकार्यमा भारतमा ‘सिरिज बाई मेरियट’ ब्राण्ड सुरु

सम्झौताअनुसार मेरियटले द फर्न सञ्चालक कम्पनी कन्सेप्ट होस्पिटालिटी प्रालिमा रणनीतिक लगानी गर्नेछ।

images
images

काठमाडौं- सीजी कर्प ग्लोबलको आतिथ्य क्षेत्रको इकाई सीजी हस्पिटालिटी ग्लोबलले मेरियट इन्टरनेसनलसँगको सहकार्यमा ‘सिरिज बाई मेरियट’ नामक नयाँ होटल ब्राण्ड भारतमा सार्वजनिक गरेको छ। भारतमै स्थापित इको-सेन्सिटिभ होटल सञ्जाल द फर्नसँगको सहकार्यमा सुरु गरिएको यस ब्राण्डलाई मिड-स्केल र अप-स्केल सेग्मेन्टमा ल्याइएको हो।

images
images
images

द फर्न, द फर्न रेसिडेन्सी र द फर्न ह्याबिटाट गरी भारतका ९० भन्दा बढी शहरमा फैलिएका झण्डै १२० होटल तथा निर्माणाधीन ४० होटलसहित करिब ६ हजार कोठा अब मेरियटको ग्लोबल नेटवर्कमा समावेश हुनेछन्। यो सम्झौता भारतको आतिथ्य क्षेत्रको इतिहासमै सबैभन्दा ठूलो बहु-एकाइ (मल्टी युनिट) सहकार्यमध्ये एक मानिएको छ।

images
images

सम्झौताअनुसार मेरियटले द फर्न सञ्चालक कम्पनी कन्सेप्ट होस्पिटालिटी प्रालिमा रणनीतिक लगानी गर्नेछ। सहकार्यअन्तर्गत अब द फर्न ब्राण्डका होटलहरू मेरियटको बुकिङ प्लेटफर्म, डिजिटल प्रणाली र २३७ मिलियन सदस्य रहेको मेरियट बोनभोय सदस्यता कार्यक्रममार्फत जोडिनेछन्। यद्यपि, यी होटलहरूले आफ्नो क्षेत्रीय पहिचान र स्वतन्त्रता भने कायम राख्नेछन्।

images
images

सीजी होस्पिटालिटीका प्रबन्ध निर्देशक तथा सीईओ राहुल चौधरीका अनुसार, यो सहकार्य केवल ब्राण्ड विस्तार नभई, भारतमा मिड-मार्केट आतिथ्य सेवाको स्वरूप नै परिवर्तन गर्ने उद्देश्यले गरिएको हो। उनका अनुसार, सन् २०३० सम्ममा भारतमै द फर्न ब्राण्डलाई ५०० होटलसम्म विस्तार गर्ने लक्ष्य लिइएको छ भने विश्वव्यापी रूपमा सीजी होस्पिटालिटीको होटल संख्या ६५० पुर्याउने योजना बनाइएको छ।

सीजी होस्पिटालिटीले नेपालमा समेत आफ्ना लगानीहरूलाई विस्तार गरिरहेको छ। नजलपुरस्थित मिराय वेलनेस एन्ड गोल्फ रिसोर्टमा फिलिपिन्सको ‘द फार्म एट सान बेनिटो’ सँग सहकार्य गरी नयाँ वेलनेस कार्यक्रम सुरु गर्न लागिएको छ। चितवनस्थित मेघौली सराई- ताज सफारी लज, उन्नति कल्चरल भिलेज, विभान्ता काठमाडौं र विभान्ता चितवनजस्ता परियोजनाहरू मार्फत कम्पनीले नेपालको आतिथ्य क्षेत्रमा लगानी गर्दै आएको छ।

यस्तै सीजी होस्पिटालिटीको फिलिपिन्सस्थित पुरस्कारप्राप्त रिसोर्ट ‘द फार्म एट सान बेनिटो’ पनि यसै वर्षको अन्त्यसम्म मेरियटको अटोग्राफ कलेक्सन अन्तर्गत पुनः सञ्चालनमा आउनेछ। यो फिलिपिन्सकै पहिलो अटोग्राफ कलेक्सन रिसोर्ट हुनेछ।

१४० वर्षको इतिहास बोकेको सीजी कर्प ग्लोबल ३२ देशमा २०२ कम्पनीमार्फत कारोबार गरिरहेको नेपालकै पहिलो बहुराष्ट्रिय समुह हो। यसको आतिथ्य इकाइ सीजी होस्पिटालिटीले हालसम्म १२ देशका १२७ गन्तव्यमा १९५ भन्दा बढी होटल सञ्चालन गरिरहेको छ। कम्पनीले २०२७ सम्ममा ३० हजार कोठासहित ६५० होटलको लक्ष्य लिएको छ।


प्रकाशित : शुक्रबार, जेठ ९ २०८२११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend