शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

गोलभेँडा, आलु, च्याउदेखि आभोकाडोसम्म यति छ दर

शुक्रबार, जेठ ९ २०८२
गोलभेँडा, आलु, च्याउदेखि आभोकाडोसम्म यति छ दर

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि सागसब्जी, फलफूल र अन्य कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ।

काठमाडौं-  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि सागसब्जी, फलफूल र अन्य कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले दैनिक रूपमा देशभरका उपभोक्ता, किसान तथा व्यापारीलाई जानकारी दिने उद्देश्यसहित थोक मूल्य निर्धारण गर्ने गर्दछ।

आज निर्धारण गरिएको मूल्यसूचीअनुसार नेपाली गोलभेँडा (ठूलो) र भारतीय गोलभेँडा (ठूलो) दुवैको थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ कायम गरिएको छ। सानो टनेल गोलभेँडाको मूल्य ६० रुपैयाँ रहेको छ भने सानो लोकल गोलभेँडा र भारतीय गोलभेँडाको मूल्य समान रूपमा ५० रुपैयाँ निर्धारण गरिएको छ।

यसैगरी, नेपाली रातो आलुको मूल्य प्रतिकिलो ४०, भारतीय आलु ३८ र मुडे आलु पनि ४० रुपैयाँ रहेको छ। भारतीय सुकेको प्याज ३८, गाजर (लोकल तथा तराई) ३०, बन्दा (लोकल) १२, काउली (स्थानीय) २०, रातो मूला ३०, सेतो लोकल मूला १५ तथा हाइब्रिड मूला ३० रुपैयाँमा थोक बजारमा उपलब्ध छन्।

त्यस्तै, तने बोडी ७०, मकै बोडी ५०, मटरकोसा ९०, घिउ सिमी ४०, राजमा र भटमास कोसा १०० रुपैयाँमा बिक्री हुने समितिले जनाएको छ। तितो करेला ४०, लौका २०, परबर ६०, चिचिण्डो ३५, झिगुनी ६०, हरियो फर्सी (डल्लो) २०, भिण्डी ३० रुपैयाँ प्रतिकिलो रहेको छ।

सागपाततर्फ पालुङ्गोको थोक मूल्य ६०, चमसुरको साग ८०, तोरी साग ३०, मेथी साग १०० र प्याजको हरियो भाग ५० रुपैयाँ तोकिएको छ। डल्ले च्याउ ३०० र कन्य च्याउ १६० रुपैयाँ रहेको छ। अत्यन्त महँगो मानिने कुरिलोको मूल्य प्रतिकिलो ७०० कायम गरिएको छ भने गुन्द्रुक ३५० रुपैयाँमा तोकिएको छ।

फलफूलतर्फ स्याउ (फूजी) ३००, झोले स्याउ २५०, केरा (दर्जन) १५०, कागती २४०, अनार ३५०, अङ्गुर (कालो) ३५०, लिची (लोकल) २००, आभोकाडो ७५०, मेवा (भारतीय) १००, काँक्रो (हाइब्रिड) २० तथा लोकल काँक्रो ४० रुपैयाँ प्रतिकिलोमा बिक्री हुने उल्लेख गरिएको छ।

मसला तथा अन्य वस्तुहरूमा अदुवा १२०, हरियो खुर्सानी ७०, अकबरे खुर्सानी ३५०, लसुन (नेपाली) २०० र चाइनिज लसुन ३००, छ्यापी (हरियो) १५०, सुकेको २०० रहेको छ।

माछातर्फ ताजा रहु र बचुवा माछाको थोक मूल्य ३२० तथा छडी माछा २४० रुपैयाँ रहेको समितिले जनाएको छ। राजा च्याउ ३०० र सिताके च्याउ ८०० रुपैयाँमा तोकिएको छ। रासस


प्रकाशित : शुक्रबार, जेठ ९ २०८२०८:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend