शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सन् २०२५ को चार महिनामै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ३१ लाख २८ हजारले गरे हवाई यात्रा

आन्तरिकतर्फ १४ लाख ८६ हजार र अन्तर्राष्ट्रियतर्फ १६ लाख ४२ हजारले गरे हवाई यात्रा

बिहीबार , जेठ ८ २०८२
सन् २०२५ को चार महिनामै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ३१ लाख २८ हजारले गरे हवाई यात्रा

तथ्यांकअनुसार चार महिनामा आन्तरिकतर्फ भन्दा अन्तर्राष्ट्रियतर्फ हवाई सेवा लिने यात्रु बढी छन्।

काठमाडौं- सन् २०२५ को चार महिना (जनवरी-अप्रिल)मै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ३१ लाख २८ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन्।

विमानस्थल कार्यालयका प्रमुख जगनाथ निरौलाका अनुसार जनवरी, फेब्रुअरी, मार्च र अप्रिल महिनामा मात्रै त्रिभुवन विमानस्थल हुँदै ३१ लाख २८ हजार ४ सय ६४ जनाले हवाई यात्रा गरेका हुन्। तथ्यांकअनुसार चार महिनामा आन्तरिकतर्फ भन्दा अन्तर्राष्ट्रियतर्फ हवाई सेवा लिने यात्रु बढी छन्।

यो अवधिमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी ४२ हजार ६ सय २० वटा उडान तथा अवतरण भएका छन्। जसमा अन्तर्राष्ट्रियतर्फ १० हजार ३ सय ३५ वटा र आन्तरिकतर्फ ३२ हजार २ सय ८५ वटा उडान तथा अवतरण भएका छन्। 

अन्तर्राष्ट्रिय हवाई यात्रुमात्रै १६ लाख ४२ हजार

विमानस्थल कार्यालयका अनुसार सन् २०२५ को जनवरीदेखि अप्रिलसम्म चार महिनामै १६ लाख ४२ हजार १ सय जनाले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्।जसमा नेपालबाट बाहिरिने हवाई यात्रुको संख्या ८ लाख १३ हजार ६ सय ६० रहेको छ भने नेपाल भित्रिनेको संख्या ८ लाख ३ हजार ३ सय ४३ रहेको छ।

विमानस्थल कार्यालयको तथ्यांकअनुसार जनवरीमा ३ लाख ८७ हजार ३४ जना, फेब्रुअरीमा ३ लाख ७३ हजार ५ सय ३४ जना, मार्चमा ४ लाख २४ हजार ५ सय २२ र अप्रिलमा ४ लाख ५७ हजार १० जनाले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्।

चार महिनामा अन्तर्राष्ट्रियतर्फ कुल १० हजार ३ सय ३५ वटा उडान तथा अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ।

अन्तर्राष्ट्रिय हवाई यात्रुको महिनागत तथ्यांक.png

 

आन्तरिकतर्फ १४ लाख ८६  हजारले गरे हवाई यात्रा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सन् २०२५ को जनवरीदेखि अप्रिलसम्म चार महिनाको अवधिमा १४ लाख ८६ हजार ३ सय ६४ जनाले आन्तरिक हवाई यात्रा गरेका छन्। जसमा काठमाडौंबाट बाहिरिने हवाई यात्रुको संख्या ७ लाख ६१ हजार ६ सय ६५ र बाहिरबाट काठमाडौं भित्रिने हवाई यात्रुको संख्या ७ लाख २४ हजार ७ सय ८ रहेको छ।

विमानस्थल कार्यालयका अनुसार जनवरीमा ३ लाख १२ हजार ९ सय २६ जना, फेब्रुअरीमा ३ लाख ५७ हजार ७ सय ६९ जना,मार्चमा ४ लाख ७ हजार ७ सय ७५ र अप्रिलमा ४ लाख ७ हजार ८ सय ९४ यात्रुले आन्तरिक हवाई यात्रा गरेका छन्।

यसैगरी, चार महिनामा आन्तरिकतर्फ ३२ हजार २ सय ८५ वटा उडान तथा अवतरण भएको छ।

आन्तरिक हवाई सेवा लिन यात्रुको महिनागत संख्या.png


प्रकाशित : बिहीबार , जेठ ८ २०८२१६:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend