शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

आयात बढ्दा सरकार खुसी, भन्सारमा आधारित राजस्व १२.७९ प्रतिशत बढ्यो

बुधबार, जेठ ७ २०८२
आयात बढ्दा सरकार खुसी, भन्सारमा आधारित राजस्व १२.७९ प्रतिशत बढ्यो

स्वदेशमा उपभोगको माग बढ्दा आयात बढ्छ र आयात बढ्दा राजस्व संकलन पनि बढ्छ। यसको असर आन्तरिक राजस्वमा पर्छ। समग्रमा आयात बढ्दा  ढुकुटीमाथिको दबाब घट्ने देखिन्छ।

काठमाडौं- चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक व्यापारमा सुधार हुँदा सरकारलाई राहत मिलेको छ। विशेषगरी आयात बढ्दा अर्थ मन्त्रालय खुसी भएको हो। 

गत वर्षको यही अवधिको तुलनामा १३ प्रतिशतले आयात बढ्दा त्यसको प्रभाव राजस्वमा परेपछि सरकार खुसी भएको हो। आयात बढ्न नसक्दा राजस्वमा दबाब पर्दै आएको थियो। 

साउनदेखि बैशाखसम्मको अवधिमा आयातबाट संकलन हुने राजस्व १२.७९ प्रतिशतले बढेको छ। भन्सार बिन्दुमै संकलन हुने विभिन्न वस्तुको राजस्व यो अवधिमा ३ खर्ब ८६ अर्ब ६२ करोड २२ लाख रूपैयाँ संकलन भएको छ। 

गत वर्षको यही अवधिमा ३ खर्ब ४२ अर्ब ७७ करोड ४२ लाख रूपैयाँ संकलन भएको थियो। गत वर्ष आयात ऋणात्मक भएको थियो। आयात ऋणात्मक हुँदा संकलन भएको राजस्वको तुलनामा यो वर्ष करिब १३ प्रतिशतले राजस्व बढेको हो।

स्वदेशमा उपभोगको माग बढ्दा आयात बढ्छ र आयात बढ्दा राजस्व संकलन पनि बढ्छ। यसको असर आन्तरिक राजस्वमा पर्छ। समग्रमा आयात बढ्दा  ढुकुटीमाथिको दबाब घट्ने देखिन्छ। 

प्रकाशित : बुधबार, जेठ ७ २०८२१६:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend