शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

बाढीपहिरो प्रभावित हुम्लाको तिलगाउँमा पुग्यो राहत सामग्री

बुधबार, जेठ ७ २०८२
बाढीपहिरो प्रभावित हुम्लाको तिलगाउँमा पुग्यो राहत सामग्री

‎तिलगाउँमा बाढीपहिराका कारण १८ घरधुरी प्रभावित छन्। ‎गाउँनजिक पहिराे पुग्दा बस्ती नै जाेखिममा परेकाले तिलगाउँवासी खाेलापारी फाँटमा बसिरहेका छन्।

काठमाडौं- ‎हिमताल फुटेर आएकाे बाढीपहिरोबाट प्रभावित हुम्लाकाे नाम्खा गाउँपालिका-६, तिलगाउँमा राहत सामग्री पठाइएकाे छ।

‎हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला विपद् व्यवस्थापन व्यवस्थापनन समितिबाट चामललगायतका राहत सामग्रीहरु पठाइएकाे जानकारी दिए।

‎उनका अनुसार १० क्वीन्टल चामल, १०० लिटर तेल, दुई क्वीन्टल नुन, दुई क्वीन्टल चिनी, ३० क्वीन्टल मैदा, १/१ क्वीन्टल भुजा, चिउरा, १० पाकेट चिया पठाइएकाे छ। ‎यस्तै आलु, सागसब्जी, साबुनदेखि औषधीहरु पठाइएको उनले बताए। ‎‎

चारवटा त्रिपाल र १० बाेरा सिमेन्ट पनि पठाइएको छ। 'सिमीकाेटबाट हामीले गाडीमा सामान पठाएका हौँ, सामान पुगिसकेकाे छ ,' उनले भने।

‎तिलगाउँमा बाढीपहिराका कारण १८ घरधुरी प्रभावित छन्। ‎गाउँनजिक पहिराे पुग्दा बस्ती नै जाेखिममा परेकाले तिलगाउँवासी खाेलापारी फाँटमा बसिरहेका छन्। बाढीपहिराेले बिजुली बत्ती, खानेपानी, सिँचाइ, पुलपुलेसालगायत सार्वजनिक पूर्वाधारमा क्षति पुर्‍याएको छ।

राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेश भट्टले राहत सामग्रीका साथै विज्ञकाे टाेली हुम्ला पुगेकाे जानकारी दिए। उनका अनुसार घटनाकाे अध्ययनका लागि वरिष्ठ डिभिजन इन्जिनियर सुशील कुमार श्रेष्ठ, भूगर्भविद् शिव प्रसाद बास्ताेला, माैसमविद् साैहाद्र जाेशीसहित विपद् प्राधिकरणकाे टाेली हुम्ला पुगेकाे छ।


प्रकाशित : बुधबार, जेठ ७ २०८२१३:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend