शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा लक्ष्यभन्दा धेरै राजस्व संकलन

बुधबार, जेठ ७ २०८२
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा लक्ष्यभन्दा धेरै राजस्व संकलन

कार्यालयका प्रमुख कर अधिकृत टिकाराज चौलागाईँले चालु आर्थिक वर्षमा कार्यालयको राजस्व संकलन उत्साहजनक भएको बताए।

पर्सा- आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आवको नौ महिनाका अवधिमा लक्ष्यभन्दा धेरै राजस्व संकलन गरेको छ।

आन्तरिक राजस्व विभागले कार्यालयलाई चालु आवको नौँ महिनाको अवधिमा ६ अर्ब १३ करोड ९५ लाख ६९ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेमा कार्यालयले सो अवधिमा ६ अर्ब ६५ करोड ७९ लाख आठ हजार रूपैयाँ अर्थात् १०८ दशमलव ४४ प्रतिशत राजस्व संकलन गरेको हो।

कार्यालयका प्रमुख कर अधिकृत टिकाराज चौलागाईँले चालु आर्थिक वर्षमा कार्यालयको राजस्व संकलन उत्साहजनक भएको बताए। 'कार्यालयले चालु आवको नौँ महिनाको लक्ष्यको आधारमा अन्तःशुल्क करतफ १३९ प्रतिशत राजस्व सङकलन गरेको छ,' उनले भने, 'आयकरतर्फ पनि करिव शतप्रतिशतकै हाराहारीमा राजस्व संकलन भएको छ।'

विभागले कार्यालयलाई आयकरतर्फ चैतसम्म दुई अर्ब १३ करोड २५ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएकोमा कार्यालयले आन्तरिक आयतर्फ चैतसम्म दुई अर्ब ११ करोड ४७ लाख ५७ हजार अर्थात् ९९ दशमलव १७ प्रतिशत राजस्व संकलन गरेको छ।

त्यस्तै, अन्तःशुल्क करतर्फ दुई अर्ब १६ करोड ६१ लाख लक्ष्य रहेकोमा तीन अर्ब ९६ लाख २४ हजार रूपैयाँ अर्थात् १३८ दशमलव ९४ प्रतिशत राजस्व संकलन गरेको छ। त्यस्तै, बहाल करतर्फ २२ करोड ९१ लख चार हजार रूपैयाँ संकलन गरेको छ।

ब्याज करतर्फ भने ४५ करोड ५७ लाख संकलन गरेको छ। मूल्य अभिवृद्धिकरतर्फ एक अर्ब ७५ करोड ३३ लाख ६७ हजार लक्ष्य राखेकोमा एक अर्ब ४३ करोड ३९ लाख ९४ हजार रूपैयाँ अर्थात् ८३ दशमलव ५ प्रतिशत राजस्व संकलन गरेको छ।

विभागले कार्यालयलाई वर्षभरिमा भने आठ अर्ब ७१ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको छ। रासस


प्रकाशित : बुधबार, जेठ ७ २०८२१२:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend