शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

गभर्नर विश्व पौडेलले सम्हाले पदभार, मौद्रिक नीति सुदृढ गर्न सल्लाह-संवादबाट अघि बढ्ने प्रतिबद्धता

बुधबार, जेठ ७ २०८२
गभर्नर विश्व पौडेलले सम्हाले पदभार, मौद्रिक नीति सुदृढ गर्न सल्लाह-संवादबाट अघि बढ्ने प्रतिबद्धता

पदभार ग्रहण गरेलगत्तै उनले नोट छपाइका लागि नोट डिजाइनसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन्।

काठमाडौं- नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले बुधबार पदभार ग्रहण गरेका छन्।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट पद तथा गोपनीयताको सपथ लिएपछि डा. पौडेलले बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालय पुगेर पदभार सम्हालेका हुन्। राष्ट्र बैंकका कर्मचारीहरूले उनलाई औपचारिकरूपमा स्वागत गरेका थिए।

पदभार ग्रहणसँगै गभर्नर पौडेलले मौद्रिक नीतिको प्राथमिकता, कार्यशैली र दृष्टिकोणबारे धारणा राख्दै, 'मौद्रिक नीतिको उद्देश्य वित्तीय नीतिलाई मार्गदर्शन दिने हो', भनेर स्पष्ट पारे।

उनले नियमनकारी निकायको रूपमा राष्ट्र बैंकको भूमिकालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै भने, 'नियम बनाउनेभन्दा पनि अब सुपरीवेक्षणमा जोड दिने हो। बैंकहरूमा जनताको निक्षेप सुरक्षित रहनुपर्छ।'

गभर्नर पौडेलले मौद्रिक नीति ल्याउँदा एकल निर्णयको भन्दा पनि समन्वय र सल्लाहको अभ्यासलाई प्राथमिकता दिने पनि बताए। 'एक दिन अगाडि नीति ल्याउने होइन, सबै सरोकारवालासँग सल्लाह गरेरमात्र नीति ल्याउनेछु,' उनले भने।

राष्ट्र बैंकको स्वायत्तताको विषयमा टिप्पणी गर्दै गभर्नर पौडेलले 'स्वायत्तताको बहसभन्दा पनि ऐनले दिएको जिम्मेवारी पालना गर्नु नै मेरो प्राथमिकता हो,' भन्ने धारणा राखे।

गुणाकर भट्टको राजीनामासम्बन्धी प्रश्नमा भने उनले प्रतिक्रिया जनाउन चाहेनन्। पदभार ग्रहण गरेलगत्तै उनले नोट छपाइका लागि नोट डिजाइनसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन्।


प्रकाशित : बुधबार, जेठ ७ २०८२१२:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend