शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

एकै परिवारका ६ जनाले गरे मकालु हिमाल आरोहण

मंगलबार, जेठ ६ २०८२
एकै परिवारका ६ जनाले गरे मकालु हिमाल आरोहण

मकालु गाउँपालिका-२ का चार दाजुभाइ, एक बहिनी र एक छोरीले विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरेका हुन्।

किमाथांका- सङ्खुवासभाको मकालु गाउँपालिका-२ का एकै परिवारका ६ जनाले मकालु हिमाल आरोहण गरेका छन्। मकालु गाउँपालिका-२ का चार दाजुभाइ, एक बहिनी र एक छोरीले विश्वको पाँचौँ अग्लो आठ हजार ४८५ मिटरको मकालु हिमाल आरोहण गरेका हुन्।

विश्व कीर्तिमानका लागि मकालु-२ का ङिमा ओङ्जुक शेर्पाका चार छोरा, एक छोरी र एक नातिनीले गत बैशाख २६ मा मकालु हिमाल आरोहण गरेको आरोही दलका सदस्य मुक्टुक लाक्पा शेर्पाले जानकारी दिए। 

कीर्तिमानीका लागि मुक्कुट, उनका भाइहरुरू ङिमा दोर्ची शेर्पा, आङ डी शेर्पा, पेछुम्वे शेर्पा, बहिनी पासाङ शेर्पा र उनकी २३ वर्षीया एनिमा शेर्पाले एकसाथ आरोहण गरेका हुन्।

'एउटै बुबाआमाका पाँच छोराछोरीसहित ६ जनाले आरोहण गरेर कीर्तिमानी राख्ने हाम्रो परिवार पहिलो भएको छ', बहिनी पासाङ याङ्जीले दाबी छ,'भदैनी २३ वर्षीया एनिमा मकालु हिमाल आरोहीमध्ये हालसम्मै कान्छी महिला भएको हाम्रो दाबी छ।'

एकैसाथ आरोहण गरेर कीर्तिमान राखेको भन्दै उक्त परिवारलाई मकालु गाउँपालिका, नेपाल पत्रकार महासंघ सङ्खुवासभा र शेर्पा संघले सम्मानसमेत गरेको छ। रासस


प्रकाशित : मंगलबार, जेठ ६ २०८२१८:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend