शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

गभर्नरका लागि विश्व, निलम र दिनेश भट्टराई सिफारिस

मंगलबार, जेठ ६ २०८२
गभर्नरका लागि विश्व, निलम र दिनेश भट्टराई सिफारिस

राष्ट्र बैंक ऐनमा १ डेपुटी गभर्नरसहित ३ जना गभर्नरका सम्भावित नाम सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छ।

काठमाडौं- गभर्नर सिफारिस समितिले नेपाल राष्ट्र बैंकको गभर्नरमा तीनजनाको नाम सिफारिस गरेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा बसेको तीन सदस्यीय गभर्नर सिफारिस समिति बैठकले राष्ट्र बैंकको १८औँ गभर्नरमा विश्वनाथ पौडेल, नीलम ढुंगाना र दिनेश भट्टराईलाई सिफारिस गरेको हो।

गभर्नर सिफारिस समितिले नाम सिफारिस गरेसँगै बैठक सकिएको छ। अर्थमन्त्री पौडेल उक्त तीन नाम लिएर मन्त्रिपरिषद बैठकमा गएका छन्। आजकै मन्त्रिपरिषदको बैठकले गभर्नर नियुक्ति गर्ने बताइएको छ।

राष्ट्र बैंक ऐनमा १ डेपुटी गभर्नरसहित ३ जना गभर्नरका सम्भावित नाम सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छ।

पूर्वगभर्नर महाप्रसाद अधिकारीको गत चैत २४ मा कार्यकाल सकिए पनि सरकारले गभर्नर नियुक्तिमा ढिलाइ गर्दै आएको छ। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले दुवैले गभर्नर पदमा दाबी गरेपछि गभर्नर नियुक्ति प्रक्रियामा ढिलाइ हुँदै आएको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाबीच आज भएको भेटवार्तापछि गभर्नर नियुक्ति आजै गर्ने सहमति भएको बताइएको छ। दुई नेताबीच भएको सहमतिअनुसार नै अर्थमन्त्री पौडेलले गभर्नर सिफारिस समितिको बैठक आह्वान गरेका हुन्। समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे सदस्य छन्।


प्रकाशित : मंगलबार, जेठ ६ २०८२१८:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend