शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

मापदण्डविपरीत सञ्चालित पाँच फर्मविरुद्ध मुद्दा दर्ता

मंगलबार, जेठ ६ २०८२
मापदण्डविपरीत सञ्चालित पाँच फर्मविरुद्ध मुद्दा दर्ता

ती फर्म तथा कम्पनीमा कैफियत भेटिएपछि कसुरअनुसार एउटा मुद्दा जिल्ला अदालत बाँकेमा र चारवटा मुद्दा जिल्ला प्रशासन कार्यालय, बाँकेमा दर्ता भएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत एकराज बुढाथोकीले जानकारी दिए।

नेपालगञ्ज- खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले बजारमा रहेका मापदण्ड विपरीतका पाँच सेवामूलक फर्म तथा कम्पनीविरूद्ध मुद्दा दर्ता गरेको छ। ती फर्म तथा कम्पनीमा कैफियत भेटिएपछि कसुरअनुसार एउटा मुद्दा जिल्ला अदालत बाँकेमा र चारवटा मुद्दा जिल्ला प्रशासन कार्यालय, बाँकेमा दर्ता भएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत एकराज बुढाथोकीले जानकारी दिए।

सो कार्यालयले नेपालगञ्जका विभिन्न वडामा रहेका क्वालिटी चाउमिन तथा सस उद्योग, डिउ ड्रप ड्रिङकिङ वाटर, इन्ड्रष्टिज, वाइ के ड्रिङकिङ वाटर, उद्योग, गोल्डेन प्रशोधित पिउने पानी र बिसमिल्ला होटेल, नेपालगञ्जविरूद्ध मुद्दा दर्ता भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले जनाएको छ।

ती फर्म तथा कम्पनीमध्ये खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले बिर्यानी, सोर्मा र कबावमा बाह्य सिन्थेटिक रंग प्रयोग गरेको र होटलको व्यवस्थापन फोहोर गरेको कसुरमा नेपालगञ्ज-११ इदगाह रोडमा रहेको बिस्मिल्लाह होटलविरूद्ध बाँके जिल्ला अदालतमा मुद्दा दायर गरेको कार्यालयका सूचना अधिकारी रामहरि लामिछानेले जानकारी दिए।

उक्त होटलमा केही दिनअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज, उपमहानगरपालिका, वडा कार्यालय, वडा प्रहरी कार्यालयसहित गएको संयुक्त अनुगमन टोलीले अनुमगन गरेको थियो। अनुगमनमा बिस्मिल्ला केटर्स चिकन शोर्मा एन्ड बिरयानी होटल नामको बोर्ड राखेको तर घरेलु तथा साना उद्योग कार्यालय, बाँकेमा बिस्मिल्ला होटल भनी दर्ता भएको उक्त होटलको सरसफाइ र भान्सामा देखिएको फोहोर तथा खाद्य वस्तुमा अखाद्य रंगको प्रयोग गरेको फेला परेपछि अनुसन्धान गरी मुद्दा दायर गरिएको हो। उनीहरूलाई ५० हजार रूपैयाँ जरिवाना तथा कैद वा दुवै हुन सक्ने कानुनी प्रावधान रहेको छ।

नेपालगञ्जले खाद्य बजार अनुगमन ४३ वटा, दाना बजार अनुगमन चारवटा, होटल, रेष्टुरेन्ट अनुगमन ३८ वटा, खाद्य उद्योग अनुगमन ११० वटा, दाना उद्योग अनुगमन चारवटा गरेको जनाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले बैशाखसम्म १ हजार ९४२ वटा खाद्य नमूना विश्लेषण, ९७ वटा दाना नमूना विश्लेषण, तरकारी तथा फलफूलको विषादी परीक्षण २०९ वटा, उत्पादन बिक्री तथा रोक्का दुईवटा गरेको छ भने २१ लाख ६९ हजार ३७३ रूपैयाँ राजस्व संकलन भएको छ। रासस


प्रकाशित : मंगलबार, जेठ ६ २०८२१५:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend