शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

गभर्नर नियुक्ति प्रक्रियाले चाँडै निकास पाउँछ : कांग्रेस प्रवक्ता महत

मंगलबार, जेठ ६ २०८२
गभर्नर नियुक्ति प्रक्रियाले चाँडै निकास पाउँछ : कांग्रेस प्रवक्ता महत

'अहिले केही न केही सुधार भएको छ तर यति सुधारले हामी सन्तुष्ट छैनौँ, अब दोस्रो चरणको सुधारको योजना अघि बढ्नुपर्छ', उनले भने।

गोरखा- नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान गठबन्धन सरकार तोडिने अवस्था नरहेको बताएका छन्। आज गोरखाका पत्रकारहरुसँग अन्तरक्रिया गर्दै उनले बजारमा चलेका अफवाहको पछाडि नलाग्न पनि आग्रह गरे।

'म अनावश्यक सूचनाको पछि नलाग्न म अनुरोध गर्दछु', उनले भने, 'यो गठबन्धन उच्चकोटीको भएकाले एकअर्काको दृष्टिकोणलाई बुझ्नुपर्दछ। गठबन्धन भन्नेबित्तिकै त्यहाँ साझा दृष्टिकोणको आवश्यकता पर्दछ।'

उनले गभर्नर नियुक्तिको प्रक्रियाले चाँडै निकास पाउनेमा समेत विश्वास व्यक्त गरे। 'अहिले कुनै पनि दलसँग स्पष्ट बहुमत ल्याउन नदिएकाले गठबन्धनको सरकार बनाउनु परेको हो। यसअघिका गठबन्धनभन्दा यो गठबन्धन बलियो भएकाले यसमा शंका, उपशंका उत्पन्न हुने खालका वातावरण सिर्जना हुनबाट जोगाउन सरकारमा रहेकाहरु बढी जिम्मेवार हुनुपर्छ।'

आफू यसअघि अर्थमन्त्री हुँदा अस्तव्यस्त अर्थतन्त्रलाई सही ठाउँमा ल्याउन सफल भएको दाबी गर्दै उनले भने, 'अहिले केही न केही सुधार भएको छ तर यति सुधारले हामी सन्तुष्ट छैनौँ, अब दोस्रो चरणको सुधारको योजना अघि बढ्नुपर्छ।'

उनले संसद्‌बाट अर्थसम्बन्धी पाँचवटा विधेयक पास भएको पनि उल्लेख गरे। रासस


प्रकाशित : मंगलबार, जेठ ६ २०८२१५:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend