काठमाडौं- उतारचढवबीच लगातारजसो घटिरहेको सेयर बजारमा मंगलबार भने उल्लेख्य वृद्धि भएको छ।
गतसाता सबै कारोबारमा घटेको सेयर बजार यो साता पहिलो कारोबारमा आइतबार पनि ओरालोतिर नै लागेको थियो। सोमबार दोहोरो अंकको वृद्धिसहित उकालो लागेको बजार मंगलबार पनि ४९.०९ अंकले बढेर २६७७.४५ बिन्दुमा पुगेको छ।
मंगलबार २२९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७ अर्ब ३१ करोड २७ लाख रूपैयाँको कारोबार भएको छ। आज १५ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा परिवर्तन भएको छैन।
यो साता आइतबार २.७९ अंकले घटेर २६०९.०५ बिन्दुमा ओर्लिएको बजार सोमबार भने १९.३० अंकले बढेर २६२८.३६ बिन्दुमा उक्लँदा ७ अर्ब ३५ करोड ८८ लाख रुपैयाँको कारोबार भएको थियो।