शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

भ्रष्टाचारमा दोषी ठहर कम्पनी पञ्जीकरण विभागको टेन्डरमा योग्य

मंगलबार, जेठ ६ २०८२
भ्रष्टाचारमा दोषी ठहर कम्पनी पञ्जीकरण विभागको टेन्डरमा योग्य

यस्तो कम्पनीलाई विभागले भने प्राविधिक रुपमा योग्य बनाउँदै अन्तिम मूल्यांकनमा समावेश गराएको पाइएको छ।

काठमाडौं- विशेष अदालतले भ्रष्टाचारमा दोषी ठहर गरेको कम्पनीलाई सरकारी ठेक्काको अन्तिम प्रतिस्पर्धामा सहभागी गराइएको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आह्वान गरेको टेन्डरमा सहभागी भएको म्याक्स इन्टरनेसनल प्राविधिकरुपमा योग्य भएको हो। 

सुरक्षण मुद्रण केन्द्रको प्रणाली तथा उपकरण खरिद तथा जडानमा विकल पौडेलसँगै म्याक्स इन्टरनेसनल र कम्पनीका प्रमुख कार्यकारी भ्रष्टाचारमा दोषी ठहर भइसकेका छन्।

यस्तो कम्पनीलाई विभागले भने प्राविधिक रुपमा योग्य बनाउँदै अन्तिम मूल्यांकनमा समावेश गराएको पाइएको छ।

विभागले टाइप-१ र टाइप-२ र्‍याक सर्खर खरिदका लागि आह्वान गरेको टेन्डरमाम्याक्ससहित ६ वटा कम्पनी प्राविधिकरुपमा सफल भएका छन्।

भ्रष्टाचारमा दोषी ठहर भएको, कालोसूचीमा परेको कम्पनी अर्को सरकारी खरिदमा सहभागी हुनुलाई अधिकारीहरूले नै अनौठो मानेका छन्।

म्याक्स इन्टरनेसनल नेपाल सरकारको प्रविधि खरिद तथा जडानमा पछिल्लो समय वर्चस्व कायम गर्न सफल कम्पनी हो।

विकल पौडेल र सुनिल पौडेल जो अहिले धेरैवटा भ्रष्टाचारका मुद्दा खेपिरहेका छन् र कतिपयमा दोषी ठहर पनि भइसकेका छन्। पौडेलद्वयको आशिर्वादमा उक्त कम्पनीले विभिन्न खरिदको ठेक्का हात पार्दै आएको थियो। 


प्रकाशित : मंगलबार, जेठ ६ २०८२१६:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend