शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

सिन्धुलीमा एभरेष्ट बैंकको १३२औँ शाखा विस्तार

मंगलबार, जेठ ६ २०८२
सिन्धुलीमा एभरेष्ट बैंकको १३२औँ शाखा विस्तार

यो नयाँ शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ।

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले सिन्धुलीको कमलामाई नगरपालिका-६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ।

कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल र बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले सोमबार संयुक्तरुपमा शाखाको उद्घाटन गरेका हुन्। यस शाखाको विस्तारसँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ।

उद्घाटन समारोहमा कमलामाई नगरपालिकाका मेयर पोखरेलले बैंकले गुणस्तरीय सेवा, सुविधा र सन्तुलित लगानी गर्ने विश्वास व्यक्त गरे।

यस्तै, बैंकका सञ्चालक समितिका अध्यक्ष वैद्यले एभरेष्ट बैंकको शाखा कार्यालय सिन्धुलीमा सञ्चालनमा आएसँगै यहाँका बासिन्दाहरुलाई सबल, सरल, उत्कृष्ट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गरे।

यो नयाँ शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ।


प्रकाशित : मंगलबार, जेठ ६ २०८२११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend