शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

मंगलबार, जेठ ६ २०८२
आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९५ पैसा कायम भएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९५ पैसा कायम भएको छ।

राष्ट्र बैंकले युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८३ रुपैयाँ २६ पैसा कायम गरेको छ। स्वीस फ्रयांको खरिददर १६३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३८ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९० पैसा र बिक्रीदर ८८ रुपैयाँ २९ पैसा, क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९८ रुपैयाँ १८ पैसा रहेको छ। सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा रहेको छ भने चिनियाँ युआनको खरिददर १८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा छ। साउदी अरेबियन रियालको खरिददर ३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५१ पैसा तथा कतारी रियालको खरिददर ३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा कायम गरिएको छ।

थाइ भाट एकको खरिददर ४ रुपैयाँ १२ पैसा र बिक्रीदर ४ रुपैयाँ १४ पैसा, युएई दिरामको खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २९ पैसा, मलेसियन रिंगेटको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८५ पैसा रहेको छ।

स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४ रुपैयाँ १६ पैसा तथा डेनिस क्रोनरको खरिददर २० रुपैयाँ ५९ पैसा र बिक्रीदर २० रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ।

यसैगरी, हङकङ डलरको खरिददर १७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७ रुपैयाँ ५१ पैसा, कुवेती दिनारको खरिददर ४४३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ८७ पैसा, बहराइन दिनारको खरिददर ३६१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६३ रुपैयाँ २७ पैसा र ओमनी रियालको खरिददर ३५४ रुपैयाँ १८ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ७४ पैसा तोकिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले आवश्यकतानुसार विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिने जनाइएको छ। रासस


प्रकाशित : मंगलबार, जेठ ६ २०८२०६:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend