सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

तोकिएकै समयमा आयोजना सम्पन्न गर्नेतर्फ मन्त्रालय सजग छ : मन्त्री दाहाल

images
सोमबार, जेठ ५ २०८२
images
तोकिएकै समयमा आयोजना सम्पन्न गर्नेतर्फ मन्त्रालय सजग छ : मन्त्री दाहाल

राष्ट्रियसभामा आज भएको मौखिक प्रश्नोत्तरका क्रममा उनले आयोजनाहरू तोकिएको गुणस्तर, समयावधि र लागतमा सम्पन्न गर्न मन्त्रालयले सक्रियता देखाउनुपर्नेमा सजग रहेको बताए।

images
images

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्वाधार आयोजनाहरू तोकिएकै समयमा सम्पन्न गर्नेतर्फ मन्त्रालय सजग रहेको बताएका छन्। राष्ट्रियसभामा आज भएको मौखिक प्रश्नोत्तरका क्रममा उनले आयोजनाहरू तोकिएको गुणस्तर, समयावधि र लागतमा सम्पन्न गर्न मन्त्रालयले सक्रियता देखाउनुपर्नेमा सजग रहेको बताए।

images
images
images

मन्त्री दाहालले कतिपय आयोजनाहरू समयसीमा र तोकिएको गुणस्तरमा सम्पन्न भएका र केही आयोजना समयमा सम्पन्न हुन नसकेकामा मन्त्रालयको ध्यानाकर्षण भएको बताए। मन्त्रालयले हाल सम्पूर्ण आयोजनाको कार्ययोजना निर्माण गरी समयतालिका, समस्या तथा जोखिम र जिम्मेवार पदाधिकारी तोकी प्रभावकारी अनुगमन गर्ने र हरेक महिना समीक्षा गर्ने परिपाटी लागु गरिएको पनि उनले जानकारी दिए।

images
images

मन्त्री दाहालले कैलालीको टिकापुर/दुर्गौलीदेखि साँफेबगर हुँदै बझाङको चैनपुरसम्म कार्यक्षेत्र रहेको सेती लोकमार्गको कुल लम्बाइ २०४ किलोमिटर रहेकामा हालसम्म १२८ किमी  मात्र ‘ट्र्याक’ खुलेको र बाँकी ७६ किमी ट्र्याक खुल्न बाँकी रहेको जानकारी दिए।

images
images

उनीसँग सांसदहरू मदनकुमारी साह र भुवनबहादुर सुनारले सो मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरू सोधेका थिए।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन २०८०/८१ सभासमक्ष पेस गरे। उनले ‘चलचित्र विधेयक, २०८१’ समेत पेस गरे। रासस


प्रकाशित : सोमबार, जेठ ५ २०८२१७:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend