शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

कोशीको नीति तथा कार्यक्रम : नवप्रवर्तनमा आधारित उद्योगको विकास, सगरमाथासम्म द्रुत मार्ग

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ ५ २०८२
कोशीको नीति तथा कार्यक्रम : नवप्रवर्तनमा आधारित उद्योगको विकास, सगरमाथासम्म द्रुत मार्ग

झापाकाे केचनादेखि सगरमाथासम्म द्रुत मार्ग निर्माण गर्ने उल्लेख गरेको सरकारले रेलमार्गकाे सम्भाव्यता अध्ययन गर्ने बताएको छ।

इटहरी- कोशी प्रदेश सरकारले नवप्रवर्तनमा आधारित उद्योगको स्थापनामा जोड दिने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नवप्रवर्तनको विकासका लागि अध्ययन तथा अनुसन्धान गरि स्टार्टप उद्यम कार्यक्रम सञ्चालनमा ल्याउने भएको हो। 

आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा ग्रामीण क्षेत्रमा उद्यमशीलता प्रवर्द्धन गर्दै एक निर्वाचन क्षेत्र एक विशिष्ट उद्यम कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। 

सोमबार प्रदेश प्रमुख पर्शुराम खापुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्थानीय कच्चा पदार्थमा आधारित वस्तु र सेवाको उत्पादन, प्रवर्द्धन, प्रयोग र बजारीकरणमा जोड दिइने बताइएको छ। उद्योग प्रवर्द्धनका लागि प्रविधि, पूर्वाधार र अनुसन्धानमा लगानी वातावरणको सुनिश्चित गर्ने नीति सरकारले लिएको छ। 

झापाकाे केचनादेखि सगरमाथासम्म द्रुत मार्ग निर्माण गर्ने उल्लेख गरेको सरकारले रेलमार्गकाे सम्भाव्यता अध्ययन गर्ने बताएको छ। नीति तथा कार्यक्रममा पर्यटन वर्ष २०८२ मनाउने, एक घर एक धारा लागु गर्ने, कृषिमा यान्त्रीकरण गर्ने लगायतका विषय छन्। 

कृषि, पशुपक्षी र मत्स्य क्षेत्रमा अनुभव र ज्ञान हासिल गरेका व्यावसायिक कृषकमार्फत सेवा प्रवाह र क्षमता अभिवृद्धि गर्न अगुवा कृषकको पहिचान गरी सम्मान गरिने भएको छ।  

उद्यमशीलता जागृत गर्न 'कृषक सबैभन्दा अगाडि' भन्ने अवधारणालाई कार्यान्वयन गर्न कृषक केन्द्रित अभियान सञ्चालन गर्ने सरकारको योजना छ।


प्रकाशित : सोमबार, जेठ ५ २०८२१६:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend