शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

युवालाई विदेश नपठाइ स्वदेशमै उत्पादनमा लगाउनेगरी बजेटको व्यवस्था गर्न सांसदको सुझाव

सोमबार, जेठ ५ २०८२
युवालाई विदेश नपठाइ स्वदेशमै उत्पादनमा लगाउनेगरी बजेटको व्यवस्था गर्न सांसदको सुझाव

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा सांसदले युवालाई स्वदेशमै रोजगारी दिनुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद सूर्यप्रसाद ढकालले नेपाली युवालाई विदेश नपठाइ स्वदेशमै उत्पादनमा लगाउनेगरी बजेटको व्यवस्था गराउनुपर्ने माग गरे। कृषिप्रधान देश नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनेगरी बजेट आउनुपर्ने माग पनि उनको थियो।

सांसद रामकृष्ण यादवले नागरिकको अपेक्षाअनुसार सरकारको गति अघि बढ्नुपर्नेमा जोड दिए। संसद् र सांसदको क्षमता एवं मूल्यमान्यता बढाउनुपर्ने भन्दै उनले कृषि क्षेत्रमा बिचौलियालाई निरुत्साहित गर्नेगरी बजेट ल्याउन माग गरे।

वैकल्पिक राजमार्गका लागि बजेट व्यवस्था गरी शीर्षक नकाट्न सांसद यादवले अनुरोध गरे। पूर्वाधार निर्माणका काम रातको समयमा गरी छिटो सक्नेगरी व्यवस्था गरिनुपर्ने पनि उनको भनाइ थियो। रासस


प्रकाशित : सोमबार, जेठ ५ २०८२१४:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend