मनाङ- नेपालमै पहिलोपटक उच्च भू-भागमा लक्जरी इलेक्ट्रिक फोरह्विल ‘म्याक्सस ई-टेरोन ९ पिकअप’ सार्वजनिक भएको छ। पिकअप सार्वजनिकसँगै ‘एअर सस्पेन्सन’को सफल प्रदर्शन पनि गरिएको छ।
यसबाट नेपालको विद्युतीय सवारी साधन यात्रामा नवीनतम आयाम थप भएको छ। नेपालको अटोमोबाइल बजारमा अग्रणी पहिचान बनाउन सफल हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रालिले नेपालमै पहिलो पटक हिमालको काखमा पिकअप सार्वजनिक गरेको हो।
‘म्याक्सस ई-टेरोन ९ पिकअप’लाई काठमाडौंदेखि मनाङसम्मको यात्रासहित मनाङमा सार्वजनिक गरिएको छ। ३ हजार ५ सय १९ मिटर उचाइमा अवस्थित मनाङ जिल्लामा आयोजित कार्यक्रमले नेपालको जस्तोसुकै विकट भौगोलिक संरचनामा पनि यो विद्युतीय सवारीसाधन उपयुक्त छ भन्ने कुरा प्रमाणित गरेको छ।
नेपालको इतिहास मै पहिलो पटक यस्तो उचाइमा लक्जरी इलेक्ट्रिक पिकअपको आधिकारिक रुपमा सार्वजनिक भएको हो। एग्रेसिभ लुक भएको यो पिकअप नेपालमा आयात हुने कुनै पनि अन्य पिकअप भन्दा हरेक कुरामा अब्बल रहेको छ भनेर कम्पनीको दाबी छ।
किन मनाङमा गरियो सार्वजनिक?
हिमालय मोट्रक्सले म्याक्सस ई-टेरोन ९ को लन्चिङका लागि मनाङ छानेको हो। मनाङमा म्याक्सस पिकअप सार्वजनिक गर्ने निर्णय केवल एक स्थल चयन मात्र नभइ विद्युतीय सवारीका क्षेत्रमा भएको नवीनतम आयामको प्रदर्शनका लागि यो एक सन्देश पनि हो। कठोर हिमाली भूभाग, चट्टानी बाटो र उच्च उचाइका कारण मनाङ नेपालकै चुनौतीपूर्ण अफरोड क्षेत्रमध्ये एक हो।
यस्तो स्थानमा सफल परीक्षण र प्रदर्शन गरेर, कम्पनीले यो विद्युतीय पिकअपको डुअल मोटर फोरह्विल प्रणाली, एडप्टिभ एअर सस्पेन्सन र सम्पूर्ण भू-भागमा सहज संचालन क्षमताको प्रमाण प्रस्तुत गरेको छ।

म्याक्सस ई-टेरोन ९, नवप्रवर्तन र शक्तिसँगको समायोजन :
सहरी सडकदेखि हिमाली बाटासम्म सहजै संचालन गर्न डिजाइन गरिएको म्याक्सस ई-टेरोन ९, नेपालकै पहिलो लक्जरी इलेक्ट्रिक पिकअप हो। जसमा एडजस्टेबल एअर सस्पेन्सन समावेश छ। चाहे सहर होस् वा हिमाल, यसले शक्ति, दायरा र आरामको नयाँ परिभाषा दिएको छ।
शक्ति र प्रदर्शन
- डुअल मोटर फोरडब्लूडी (अगाडि १२५ केडब्लू र पछाडि २०० केडब्लू)
- ७०० एनएम टर्क
- ०-१०० केएम/एच केवल ५.८ सेकेन्डमा
- उच्चतम गतिः १९० किलोमिटर प्रतिघण्टा
ब्याट्री र रेन्ज
- १०२.२ केडब्लूएच एलएफपी ब्याट्री
- अधिकतम रेन्ज ५६० किमी
- फास्ट चार्जिङः २०-८० प्रतिशत केवल ४२ मिनेटमा
- ८ वर्ष वा २ लाख किमि वारेन्टी
अफरोड क्षमता
- २६० एमएम ग्राउन्ड क्लियरेन्स (इलेक्ट्रोनिक एअर सस्पेन्सनसहित)
- सबै भू-भागका लागि ड्राइभ मोडहरू
इन्टेरियर र लक्जरी
- हिटेड, भेन्टिलेटेड, म्यासेज फिचर सहितको टू-टोन लेदर सिट (मेमोरीसहित)
- डुअल १२.३ इन्च डिजिटल क्लस्टर र इन्फोटेन्मेन्ट डिस्प्ले
- वायरलेस चार्जिङसहितको फ्लोटिङ सेन्टर कन्सोल
- प्यानोरामिक सनरुफ, रियर ए/सी भेन्ट, एम्बिएन्ट लाइटिङ
सुरक्षालाई प्राथमिकता
- यूरो एनसीएपी ५ स्टार रेटिङ
- २० भन्दा बढी आधुनिक सुरक्षा विशेषता
- ९ एयरब्याग
- ३६० डिग्रि सराउन्डिङ क्यामेरा
- अडाप्टिभ क्रुज कन्ट्रोल
- लेन किप असिस्ट
हिमालय मोट्रक्सले यो विद्युतीय पिकअपको सुरुवाती मूल्य ९९ लाख ९९ हजार रुपैयाँ तोकेको छ।
हिमालय मोट्रक्स प्रालि हिमालय अर्गनाइजेसन अन्तर्गतको संस्था हो। जसले चीनको एसएआईसी मोटर कर्पोरेशन अन्तर्गतको ब्रान्ड म्याक्ससका सवारीहरू नेपालमा आयात तथा वितरण गर्छ। विश्वका ७० भन्दा बढी मुलुकहरूमा सञ्चालन हुने म्याक्ससले उन्नत प्रविधि, भरपर्दो इन्जिनियरिङ र लक्जरी इलेक्ट्रिक सवारी विकासमा विशिष्टता बनाएको छ।