शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ अवरुद्ध

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ ५ २०८२
‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ अवरुद्ध

वर्षासँगै आएको बाढीले कान्तिलोकपथमा पर्ने बागमती पुल (बगुवा खोला) मा बनाइएको ‘डाइभर्सन’ बगाएपछि सो सडक बिहानैदेखि अवरुद्ध भएको हो।

बागमती- हेटौँडा-काठमाडौंं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ।

वर्षासँगै आएको बाढीले कान्तिलोकपथमा पर्ने बागमती पुल (बगुवा खोला) मा बनाइएको ‘डाइभर्सन’ बगाएपछि सो सडक बिहानैदेखि अवरुद्ध भएको हो। 

वर्षासँगै खोलामा पानीको बहाव एक्कासि बढ्न गई डाइभर्सनमा प्रयोग भएका ह्युमपाइप बगाउँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

डाइभर्सन मर्मत गरी अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले बताए। रासस


प्रकाशित : सोमबार, जेठ ५ २०८२१०:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend