शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण विधेयक दफावार छलफलका लागि विषयगत समितिमा पठाइयो

आइतबार, जेठ ४ २०८२
हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण विधेयक दफावार छलफलका लागि विषयगत समितिमा पठाइयो

प्रतिनिधिसभाको आजको बैठकमा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले ती विधेयक 'दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी राखेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो।

काठमाडौं- प्रतिनिधिसभाले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विषयगत समितिमा पठाएको छ।

सभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ती विधेयक 'दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी राखेको प्रस्ताव सभाबाट सर्वसम्मतिले स्वीकृत भएको हो।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा सुनाएका थिए। रासस


प्रकाशित : आइतबार, जेठ ४ २०८२१४:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend