शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

कोशी सरकारको नीति तथा कार्यक्रम सोमबार आउने

आइतबार, जेठ ४ २०८२
कोशी सरकारको नीति तथा कार्यक्रम सोमबार आउने

प्रदेश सभाको सातौँ अधिवेशन आइतबार सुरु हुँदैछ।

विराटनगर- कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम जेष्ठ ५ गते (सोमबार) ल्याउने भएको छ। कोशी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गर्ने निर्णय गरेको हो।

कोशी प्रदेश सरकारका आन्तरिक मामला तथा कानूनमन्त्री रेवती रमण भण्डारीका अनुसार प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुङलाई अनुरोध गर्ने निर्णय गरिएको छ।

नीति तथा कार्यक्रम पास गरेको र प्रदेश सभामा प्रस्तुत गर्नका लागि आवश्यक व्यवस्था मिलाइदिन प्रदेश सभामा पनि आग्रह गरिएको मन्त्री भण्डारीले जानकारी दिए। सोहीअनुसार प्रदेश सभाले तयारी थालेको छ।

प्रदेश सभाको सातौँ अधिवेशन आइतबार सुरु हुँदैछ।


प्रकाशित : आइतबार, जेठ ४ २०८२१०:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend