बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

योजनावद्ध विकासको अभावले ट्रिपिङ समस्या देशभर, ‘झ्याप्प-झ्याप्प’ गइरहेको छ बिजुली

आइतबार, जेठ ४ २०८२
योजनावद्ध विकासको अभावले ट्रिपिङ समस्या देशभर, ‘झ्याप्प-झ्याप्प’ गइरहेको छ बिजुली

प्राधिकरणको तत्कालिन नेतृत्वमा कुलमान घिसिङ हुदा समेत अत्याधिक लाइन ट्रिपिङको समस्या देखिएकाले सोको निराकरणका लागि उपकार्यकारी निर्देशक तारा प्रधानको नेतृत्वमा ५ सदस्य रहेको अध्ययन कमिटी बनाएका थियो।

काठमाडौं- विगतका बर्षहरुमा समेत प्रिमनसुन र मनसुनको समयमा हावाहुरी अधिक बर्षा लगायतका कारणले लाइन ट्रिपिङको समस्या रहेको थियो। प्राधिकरणको तत्कालिन नेतृत्वमा कुलमान घिसिङ हुदा समेत अत्याधिक लाइन ट्रिपिङको समस्या देखिएकाले सोको निराकरणका लागि उपकार्यकारी निर्देशक तारा प्रधानको नेतृत्वमा ५ सदस्य रहेको अध्ययन कमिटी बनाएका थियो।

समस्या देखिए पछि जनआक्रोश कम गर्न कमिटी बनाउने तर न त कमिटिले रिपोर्ट दिनुपर्ने, दिए पनि कार्यान्वयन नहुने प्रवृति विगतमा थियो। २०८०/०४/२६ मा बनेको कमिटीले पनि कुनै रिपोर्ट दिएको छैन। प्रष्ट भन्नुपर्दा उच्च स्तरिया यो कमिटि समस्या समाधानका लागि नभइ जनआक्रोश कम गर्न बनाइएको थियो । 

nea 123.png

योजनाबद्ध रुपमा विद्युतिय सञलको विकाश नगरि सस्तो लोकप्रियताका लागि आफु अनुकूल वितरण तथा प्रशारण प्रणाली विकाश गर्दा कमजोर भएको प्रणालीको कारण बेला बेलामा समस्या बल्झिएको हो। विविध प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकुल अवस्थालाई लोडसेडिङसँग जोडि सामाजिक सञ्जालमा अभिब्यक्ती भनाइमा कत्ति पनि सत्यता नभएको प्राधिकरणले जनाएको छ।

सामाजिक सञ्जालमा रहेको आफ्नो प्रभावलाई गलत सुचना तथा सामाजिक आक्रोशमा बदल्नका लागि नियोजित रुपमा प्रयोग गरिरहिएको छ। यस्ता कार्यमा निर्वाचित जनप्रतिनिधि, लोकप्रिय कलाकारसमेत जोडिने विषय चिन्ताजनक छ र विषय बस्तु नबुझि अभिब्यक्त हुने भनाइले समस्या समाधानका लागि सकारात्मक योगदान पुराउन नसक्नेसमेत प्राधिकरणको भनाइ छ।

प्राविधिक समस्याको समाधान प्राविधिक ढंगबाट नै खोज्नु पर्दछ। हालको नेतृत्वले सस्तो लोकप्रियताको पछाडि नलागि यो समस्याको दीर्घकालिन समाधानका लागि कार्य गर्दछ, तर नतिजा देखिन समय लाग्छ। विगतका वर्षहरुमा पनि समाजिक सञ्जालमा आक्रोश ब्यक्त भएको थियो त्यसलाई गम्भिरता पूर्वक लिएर समस्या समाधानका लागि कार्य गरेको भए यो अवस्था आउने नै थिएन।

हाम्रो विद्युत प्रणाली कुनै ब्यक्ति हुदा र नहुदा कमजोर बलियो हुने होइन। यसका लागि विशुद्ध प्राविधिक कार्य गर्नुपर्ने प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव साक्य बताउँछन्। 'अत्याधिक मात्रामा प्रशारण तथा वितरण लाइन निर्माण ,स्तरउन्नति तथा एउटा लाइन वा ट्रान्सफर्मरमा समस्या आउदा अर्कोबाट तत्काल संचालन गर्न सकिने गरि बनाउनु पर्दछ। प्रविधिक पक्षको यो समस्या आज वा भोलि समाधान हुने होइन, यसका लागि समय लाग्छ,' साक्यले भने। 

विद्युत प्रणालीमा समय समयमा देखिने प्रविधिक समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्नका लागि नेविप्रा प्रतिवद्ध रहेको समेत उनले बताए। अत्याधिक लागत लाग्ने कार्य एकै पटक नभइ तत्कालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाइ गरिनेसमेत उनको भनाइ छ। नेविप्रा आफ्ना उपभोक्ताहरुलाई नियमित, गुणस्तरीय र भरपर्दो विद्युत उपलब्ध गराउन प्रतिबद्ध रहेको समेत बताए।


प्रकाशित : आइतबार, जेठ ४ २०८२०८:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend