आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

देशभर मौसममा बदली, पहाडी क्षेत्रमा वर्षा र तराईमा हुरीबतासको सम्भावना

images
आइतबार, जेठ ४ २०८२
images
देशभर मौसममा बदली, पहाडी क्षेत्रमा वर्षा र तराईमा हुरीबतासको सम्भावना

देशमा हाल पश्चिमी वायु, स्थानीय प्रणाली तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

images
images

काठमाडौं- देशमा हाल पश्चिमी वायु, स्थानीय प्रणाली तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

images
images
images

यस प्रणालीको असरले आज अधिकांश पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ भने केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

images
images

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा दिउँसो वर्षाको सम्भावना प्रबल देखिएको मौसमविद्को भनाइ छ। बाँकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपात र वर्षा समेत हुन सक्ने सम्भावना छ।

images
images

मधेस, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने केही स्थानमा हुरीबतास चल्ने पूर्वानुमान गरिएको छ। दिनभरको तुलनामा राति मौसम केही खुलेको रहने भए पनि पहाडी र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ।

मौसममा तीव्र उतारचढाव हुन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।  रासस


प्रकाशित : आइतबार, जेठ ४ २०८२०७:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend