शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

प्रतिनिधिसभाको बैठक आज बस्दै, तीन विधेयकमाथि छलफलको कार्यसूची

आइतबार, जेठ ४ २०८२
प्रतिनिधिसभाको बैठक आज बस्दै, तीन विधेयकमाथि छलफलको कार्यसूची

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा तीनवटा विधेयक सम्बन्धी प्रस्ताव प्रस्तुत हुने कार्यसूची तय गरिएको छ।

काठमाडौं- प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा तीनवटा विधेयक सम्बन्धी प्रस्ताव प्रस्तुत हुने कार्यसूची तय गरिएको छ।

संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा समावेश छ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथिको छलफलका लागि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ।

उक्त विधेयक राष्ट्रियसभाबाट आएको हो। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित छलफल गरिने र छलफलपछि विधेयक पारित गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ। रासस

 


प्रकाशित : आइतबार, जेठ ४ २०८२०६:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend