शुक्रबार, असार ६ गते २०८२    
शुक्रबार, असार ६ २०८२
images
images

वीरगञ्ज भन्सार कार्यालयले १० महिनामा उठायो १ खर्ब ४० अर्ब राजस्व

images
शुक्रबार, जेठ २ २०८२
images
images
वीरगञ्ज भन्सार कार्यालयले १० महिनामा उठायो १ खर्ब ४० अर्ब राजस्व

वीरगञ्ज भन्सार कार्यालयले १० महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको ६४ दशमलव १३ प्रतिशत राजस्व संकलन गरेको छ।

images
images

पर्सा- वीरगञ्ज भन्सार कार्यालयले चालु आवका १० महिनामा १ खर्ब ४० अर्ब ४२ करोड रूपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले सो अवधिमा कुल वार्षिक लक्ष्यको ६४ दशमलव १३ प्रतिशत राजस्व संकलन गरेको हो।

images
images
images

कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आर्थिक वर्षमा राजस्व संकलनमा बढोत्तरी हुँदै आएको जानकारी दिए। 'चालु आव सकिन अब दुई महिनामात्रै बाँकी छ', उनले भने, 'सो अवधिमा राजस्व संकलनमा उल्लेखनीय सुधार हुने अपेक्षा गरेका छौँ।'

images
images

कार्यालयले साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब ४७ करोड, कात्तिकमा ११ अर्ब १० करोड, मङ्सिरमा १४ अर्ब ४० करोड राजस्व संकलन गरेको थियो। त्यस्तै पुसमा १५ अर्ब ४७ करोड, माघमा १४ अर्ब ४४ करोड रूपैयाँ राजस्व संकलन गरेको थियो।

images
images
images

यस्तै, फागुनमा १४ अर्ब ६३ करोड राजस्व संकलन गरेको छ भने चैतमा भने १५ अर्ब ४७ करोड रूपैयाँ राजस्व संकलन गरेको छ।

बैशाखमा भने १५ अर्ब ७२ करोड रूपैयाँ राजस्व संकलन गरेको छ। भन्सार विभागले कार्यालयका लागि वार्षिक दुई खर्ब १८ अर्ब ९५ करोड रूपैयाँ रकम राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ। रासस


प्रकाशित : शुक्रबार, जेठ २ २०८२१५:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend