शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा १० महिनामा २ अर्ब ६१ करोड राजस्व संकलन

शुक्रबार, जेठ २ २०८२
आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा १० महिनामा २ अर्ब ६१ करोड राजस्व संकलन

चालु आवमा चार अर्ब ६१ लाख रूपैयाँ राजस्व संकलन गर्ने कार्यालयको लक्ष्य रहेको छ।

झापा- आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको १० महिनामा दुई अर्ब ६१ करोड ६६ लाख १० हजार रूपैयाँ राजस्व संकलन गरेको छ। 

गत आवको सोही अवधिको तुलनामा यो नौ दशमलव ५६ प्रतिशतले बढी हो। गत आवमा दुई अर्ब ३८ करोड ८३ लाख ६४ हजार रूपैयाँ राजस्व संकलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए।

उनका अनुसार चालु आवमा चार अर्ब ६१ लाख रूपैयाँ राजस्व संकलन गर्ने कार्यालयको लक्ष्य रहेको छ।

गत आवको भन्दा राजस्व संकलन बढेको भए पनि चालु आवको १० महिनाको लक्ष्यको ८३ दशमलव ०३ प्रतिशत मात्रै राजस्व संकलन भएको प्रमुख कर अधिकृत काफ्लेले बताए। कार्यालयले १० महिनामा आयकरबाट एक अर्ब १६ करोड नौ लाख रूपैयाँ, ब्याजबापत आठ करोड ६५ हजार रूपैयाँ, मूल्य अभिवृद्धि करबापत ८६ करोड ५४ लाख ९७ हजार रूपैयाँ, अन्तःशुल्कबापत ४७ करोड ४६ लाख ४२ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

'कार्यालयले राजस्व संकलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ। यसका साथै कर बक्यौता चुक्ता नगरेका करदाताको बैंक खाता रोक्का, जग्गा पास एवं नामसारी रोक्कालगायत कानूनी कारबाही हुने गरेको छ', प्रमुख कर अधिकृत काफ्लेले भने। रासस


प्रकाशित : शुक्रबार, जेठ २ २०८२११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend