शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

मधेस प्रदेश : जीवन बीमाबाट ११ अर्ब १६ करोड संकलन

शुक्रबार, जेठ २ २०८२
मधेस प्रदेश : जीवन बीमाबाट ११ अर्ब १६ करोड संकलन

प्राधिकरणले जीवन बीमातर्फ सातवटै प्रदेशबाट चैत मसान्तसम्म एक खर्ब २७ अर्ब तीन करोड रूपैयाँ शुल्क संकलन भएको छ।

पर्सा- नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा जीवन बीमा शुल्कबापत ११ अर्ब १६ करोड ७९ लाख रूपैयाँ रकम संकलन गरेको छ। उक्त कार्यालयले गत वर्ष जीवन बीमा शुल्कतर्फ भने १४ अर्ब एक करोड २८ लाख रूपैयाँ संकलन गरेको थियो। 

उक्त कार्यालयकी प्रमुख प्रीति देवले चालु आवको नौ महिनामा ८६ हजार ६ सय ७० ले जीवन बीमा गरेका बताए। कार्यालयले सोही अवधिमा दुई अर्ब ५४ करोड ६० लाख रूपैयाँ दाबी भुक्तानी गरेको छ। अझै ३९ करोड ६४ लाख रूपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको उनले जानकारी दिए। 

प्राधिकरणले जीवन बीमातर्फ सातवटै प्रदेशबाट चैत मसान्तसम्म एक खर्ब २७ अर्ब तीन करोड रूपैयाँ शुल्क संकलन भएको छ। रासस


प्रकाशित : शुक्रबार, जेठ २ २०८२१०:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend