शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर १३७ रुपैयाँ नाघ्यो

images
शुक्रबार, जेठ २ २०८२
images
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर १३७ रुपैयाँ नाघ्यो

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य १३७ रुपैयाँ नाघेको छ।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य १३७ रुपैयाँ नाघेको छ। राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३७ रुपैयाँ १९ पैसा कायम भएको छ।

images
images
images

त्यस्तै, युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५८ पैसा रहेको छ। युके पाउन्ड स्ट्रर्लिङको खरिददर १८१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८२ रुपैयाँ २६ पैसा कायम भएको छ भने स्वीस फ्र्याङ्क एकको खरिददर १६२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६४ पैसा तोकिएको छ।

images
images

अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९० पैसा तथा क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ। सिङ्गापुर डलरको खरिददर १०५ रुपैयाँ १८ पैसा र बिक्रीदर १०५ रुपैयाँ ६४ पैसा रहेको छ।

images
images

एशियाली मुद्राहरूको सन्दर्भमा जापानी येन १० को खरिददर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा छ। चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा कायम भएको छ।

खाडी मुलुकका मुद्रामध्ये साउदी रियालको खरिददर ३६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५८ पैसा, कतारी रियालको खरिददर ३७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३५ पैसा छ।

मलेसियन रिङ्गेट, थाई भाट, कोरियन वन लगायतका मुद्राहरूको विनिमयदर पनि राष्ट्र बैंकले अद्यावधिक गरेको छ।

यसैगरी, उच्च मूल्य भएका मुद्राहरूमा कुवेती दिनारको खरिददर ४४४ रुपैयाँ २७ पैसा र बिक्रीदर ४४६ रुपैयाँ २२ पैसा छ भने बहराइन दिनारको खरिददर ३६२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ९२ पैसा कायम भएको छ।

राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरेको छ।

केन्द्रीय बैंकले विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जानकारी दिएको छ। बैंकहरूबीच खुला बजारमा लागू हुने दरमा केही भिन्नता हुन सक्ने हुँदा अद्यावधिक जानकारी राष्ट्र बैंकको वेबसाइटमार्फत लिन सकिने उल्लेख गरिएको छ। रासस


प्रकाशित : शुक्रबार, जेठ २ २०८२०६:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend