शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

पेट्रोलियम पदार्थको मूल्य घट्यो

बिहीबार , जेठ १ २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य घटेको आएकाले नेपाली बजारमा उपभोक्ता मूल्य समायोजन भएको निगमले जनाएको छ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ घटाइएको छ।

नयाँ मूल्यअनुसार अब उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ५७ रुपैयाँ, डिजेल र मट्टितेल १ सय ४२ रुपैयाँ कायम भएको छ।

नयाँ मूल्य बिहीबार राति १२ बजेपछि लागु हुने निगमले जनाएको छ। हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।


प्रकाशित : बिहीबार , जेठ १ २०८२२०:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend