शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

सगरमाथा आरोहण गर्दै कांग्रेस महामन्त्री शर्मा

बिहीबार , जेठ १ २०८२
सगरमाथा आरोहण गर्दै कांग्रेस महामन्त्री शर्मा

वसन्त ऋतुको जारी सगरमाथा आरोहणमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पर्यटन विभागबाट आरोहण अनुमतिपत्र प्राप्त गरेका छन्।

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन्। उक्त प्रयोजनका लागि महामन्त्री शर्माले पर्यटन विभागबाट हिमाल आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ।

विभागका निर्देशक हिमाल गौतमका अनुसार वसन्त ऋतुको जारी सगरमाथा आरोहणमा कांग्रेस महामन्त्री शर्माले पर्यटन विभागबाट आरोहण अनुमतिपत्र प्राप्त गरेका छन्।

वसन्त ऋतुको जारी आरोहणमा हालसम्म ५० भन्दा बढीले सगरमाथा आरोहण गरेको आरोहण एक्सपिडिसन कम्पनीले जनाएका छन्। आज राति पनि धेरै आरोही चुचुरो पुग्ने योजनामा छन्।

विभागको तथ्यांकअनुसार वसन्त ऋतुको सगरमाथा आरोहणका लागि हालसम्म ४५ आरोही समूहका ४५८ जनाले अनुमति लिएका छन्।

सगरमाथासहित २७ हिमालका लागि १२४ समूहका कुल एक हजार एकसय ४० ले अनुमति पाएका हुन्। रासस


प्रकाशित : बिहीबार , जेठ १ २०८२१७:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend