बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

हाइगरका विद्युतीय माइक्रोबसमा पनि सिट बढाएर करछली

बिहीबार , जेठ १ २०८२
हाइगरका विद्युतीय माइक्रोबसमा पनि सिट बढाएर करछली

पछिल्लोपटक हाइगरका विद्युतीय माइक्रोबस आयात गर्दा १५ प्लस एक सिटलाई १६ सिट भनेर करछली गरेको महालेखाले उल्लेख गरेको छ।

काठमाडौं- चीनबाट आयात हुने विद्युतीय भ्यानमा करछलीको श्रृंखला नै देखिएको छ। चीनबाट आयात हुने विद्युतीय भ्यान तथा माइक्रोबसमा सिट संख्या बढी देखाएर करछली हुँदै आएको छ। 

पछिल्लोपटक हाइगरका विद्युतीय माइक्रोबस आयात गर्दा १५ प्लस एक सिटलाई १६ सिट भनेर करछली गरेको महालेखाले उल्लेख गरेको छ। महालेखाको ६२औँ वार्षिक प्रतिवेदनमा हाइगरको भ्यान आयातमा करछली भएको उल्लेख छ। 

सवारी तथा यातायात व्यवस्था ऐनबमोजिम मिनिबसको आवश्यक स्पेसिफिकेसन पूरा नगरी चीनबाट रसुवा भन्सार कार्यालय हुँदै आयात भएको प्रतिसवारीसाधन २३.६३ घनमिटर आयतन तथा ३ हजार ४९५ किलोमिटर तौल रहेकोमा १६ सिट (१५ प्लस १) देखाइ सवारी मोडेल ९० किलोवाट पीएमपी शक्तिको ६५ वटा हाइगर भ्यान तथा अर्को पैठारीकर्ताले पिएमपी ८० किलोवाट, २२.५३ घनमिटर आयतन र २ हजार ३६० किलोग्राम तौल रहेको विद्युतीय सवारीसाधनलाई १६ सिटका आधारमा मिनिबस शीर्षकमा वर्गीकरण गरेकाले सवारीसाधनलाई माइक्रोबसमा वर्गीकरण गर्दा छुट भएको २ करोड ९० लाख ३५ हजार रुपैयाँ छानबिन गरी असुल गर्नुपर्ने महालेखाले उल्लेख गरेको छ।

हाइगरका विद्युतीय माइक्रोबस शशिला मोटर्सले आयात गर्दै आइरहेको छ। हाइगरका १४ सिट, १६ सिट तथा १९ सिट क्षमताका विद्युतीय माइक्रोबस तथा मिनिबस नेपाली बजारमा आयात भइरहेको छ। 

महालेखाले चीनबाट आयात भएका विद्युतीय भ्यान तथा माइक्रोबसमा मात्र नभइ टोयोटाको माइक्रोबसमा समेत करछली भएकाले असुल गर्न भनेको छ। फोल्डिङ सिट र सानो सिटलाई पूर्णसिट गणना गरेर करछली हुँदै आएको भन्सार कार्यालय तथा विभागको निष्कर्ष रहेको छ। 

भन्सार ऐनमा फोल्डिङ सिट तथा चाइल्ड सिटलाई पूर्णआधारको सिट गणना नगरिने स्पस्ट व्यवस्था रहेको छ। सोही आधारमा सुरुमा तातोपानी भन्सार कार्यालयले फोल्डिङ र चाइल्ड सिटलाई पूर्णसिट गणना गर्न नमिल्ने भन्दै व्यवसायीले ११ सिट भनेर ल्याएका विद्युतीय भ्यानलाई ९ सिटमात्र रहेको ठहर गरेर कर निर्धारण गरेको थियो। 

अहिले रसुवागढी तथा तातोपानी भन्सार कार्यालयले सिट तथा विद्युतीय भ्यान तथा माइक्रोबसको बडीको आकार नापजाँच गरेरमात्र जाँचपास गर्दै आइरहेको छ। केही व्यवसायीहरूले यसको विरोध पनि जनाएका छन्। तर व्यवसायीले इमान्दारिता नदेखाएको र यातायात व्यवस्था नियमावलीमा तोकिएको सिटको आकार प्रकारअनुसारमात्र भन्सार कार्यालयले जाँचपास गर्दै आएको छ।

सिट क्षमता बढी र हाइब्रिड भनेर टोयोटा हायस आयातमा करछली सिट क्षमता बढी र हाइब्रिड भनेर टोयोटा हायस आयातमा करछली महिन्द्रा बिक्रेता अग्नी इनकर्पोरेटेडले छल्यो १ करोड ५० लाख ८४ हजार रुपैयाँ कर महिन्द्रा बिक्रेता अग्नी इनकर्पोरेटेडले छल्यो १ करोड ५० लाख ८४ हजार रुपैयाँ कर


प्रकाशित : बिहीबार , जेठ १ २०८२१८:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend