शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

टेरामोक्स प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

बिहीबार , जेठ १ २०८२
टेरामोक्स प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

३ अर्ब २१ करोड बिगो कायम गर्दै जरिवाना तथा सजायकोग माग गर्दै अख्तियारले मुद्दा दायर गरेको छ।

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामोक्स प्रणालीमा भ्रष्टाचार भएको भन्दैल विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

अख्तियारले यो प्रकरणमा पूर्वसञ्चार मन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर वस्नेतसहित १६ जना/कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो। 

प्रणालीको खरिदको क्रममा आवश्यक तयारी बिना, नीति तथा कार्यक्रमको फ्रेमवर्कभन्दा बाहिर गएर खरिद प्रक्रिया अघि बढाएर राज्यलाई नोक्सानी गराएको भन्दै मन्त्रीसहित प्राधिकरणका दुई पूर्व अध्यक्ष, कार्यकारी निर्देशक तथा खरिद तथा परामर्श कम्पनीलाईसमेत विपक्षी बनाएर मुद्दा दायर गरेको हो। 

३ अर्ब २१ करोड बिगो कायम गर्दै जरिवाना तथा सजायकोग माग गर्दै अख्तियारले मुद्दा दायर गरेको छ। 

खरिद प्रक्रियालाई स्वीकृत गरेर अघि बढाएको भन्दै तत्कालीन मन्त्री बस्नेत, दुरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाल, प्राधिकरणकै तत्कालीन सञ्चालक समितिका सदस्यहरू धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेतीविरुद्ध मुद्दा दायर भएको छ। त्यस्तै  प्राधिकरणका निर्देशक विजयकुमार राय, सुरेन्द्रलाल हाडा र दिपेश आचार्य, उपनिर्देशकहरू रेवतीराम पन्थ, सुरेश बस्नेत, हरिण्यप्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र र सन्जीव अधिकारीलाई विपक्षी बनाएर मुद्दा दर्ता भएको छ। 

परामर्शदाता भ्यानराइज सोलुसन्स्, कम्पनीका सीईओ जमाल अनौती, स्थानीय एजेन्ट कनेक्सन ट्रेड लिंक र अध्यक्ष अध्यक्ष दिलिपकुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेललाई पनि विपक्षी बनाइएको छ। यी सबै विपक्षीलाई समान बिगो दाबी गर्दै जरिवाना तथा सजायको माग गरिएको छ। 


प्रकाशित : बिहीबार , जेठ १ २०८२१२:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend