बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चिनियाँ जहाज उडान गर्ने पर्यटमन्त्री आले र निगम अध्यक्ष अधिकारी योजना तुहियो

बुधबार, माघ २६ २०७८
चिनियाँ जहाज उडान गर्ने पर्यटमन्त्री आले र निगम अध्यक्ष अधिकारी योजना तुहियो

अधिकारीले पेस गरेको प्रस्तावको विषयमा कुनै पनि छलफल नहुने भन्दै अर्थमन्त्रालयका प्रतिनिधि र पर्यटन मन्त्रालयकै प्रतिनिधिले विरोध गरेको थिए।

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले चिनियाँ वाई १२ र एमए-६० जहाज उडान गराइ छाड्ने बताएका थिए। 

गएको असोजमा पर्यटन मन्त्री भएसँगै आलेले  थन्किएर बसेका चिनियाँ जहाज उडाउने बताएका थिए। २०७७ साउन १ गतेदेखि उडान बन्द भएको चिनियाँ जहाज उडानका लागि भन्दै मन्त्री आलेलको निर्देशनमा निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीले जहाज मर्मतमा लाग्ने खर्च समेत निकाल्न लगाएका थिए।

इन्जिनियरहरुले २ वटा वाई १२ र १ वटा एमए-६० जहाज उडान योग्य बनाउन मात्रै १७ करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने विवरण अधिकारी समक्ष बुझाएका थिए।

सोही अनुसार अध्यक्ष अधिकारीले जहाज उडान नगर्ने विगतको सञ्चालक समितिको निर्णय उल्टाएर पुनः जहाज उडान गर्ने निर्णय गराउन निगमको सञ्चालक समितिमा पेस गरेका थिए।

यता अधिकारीले पेस गरेको प्रस्तावको विषयमा कुनै पनि छलफल नहुने भन्दै अर्थमन्त्रालयका प्रतिनिधि र पर्यटन मन्त्रालयकै प्रतिनिधिले विरोध गरेको थिए।

साथै उनीहरुले यो विषय अब आइन्दा सञ्चालक समिति समेत नल्याउन सुझाव दिएका थिए। विगतमै चिनियाँ जहाज उडानबाट निगमलाई ३ अर्ब रुपैयाँ नोक्सानी भइसेको र जहाज खरिदको ६ अब ६७ करोड रुपैयाँ समेत गरी १० अर्ब जति चिनियाँ जहाजबाट घाटा भएको भन्दै उडान बन्द गर्ने निर्णय पुनः उल्टाउने नसकिने विषय सञ्चालक समितिमै उठेको थियो।

उक्त विषय सञ्चालक समितिको बैठकमा समेत नल्याउने भने पछि अधिकारी अहिले चिनियाँ जहाज उडान गर्ने योजनबाट पछि हटेको निगम स्रोतको दाबी छ।

निगमको चिनियाँ जहाज सकेसम्म भाडामा लगाउनु र नसकेको अवस्थामा बिक्री गर्न अर्थ मन्त्रालयले समेत सहमति दिइसकेको छ। जहाज भाडामा लगाउने गरी जहाज भाडामा लगाउन सकिने दर रेट समेत तयार भएको बेला प्रचारका लागि मन्त्री आले र अधिकारी जहाज उडान गर्ने उद्घोष गरेका थिए। 

अन्तत: सञ्चालक समितिमै यो विषय विरोध भएपछि अधिकारी पछि हटेका हुन्।


प्रकाशित : बुधबार, माघ २६ २०७८०८:०६
  • सम्बन्धित विषय:

  • # अर्बौं डुबाउने चिनियाँ जहाज


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend