शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

चितवनको पुँजीगत खर्च ४४ प्रतिशतमात्र

बिहीबार , जेठ १ २०८२
चितवनको पुँजीगत खर्च ४४ प्रतिशतमात्र

जिल्लाको समग्र विकासका लागि आठ अर्ब ७८ करोड ४४ लाख ११ हजार ६९१ रूपैयाँ विनियोजन गरिएको थियो।

चितवन- जिल्लाको समग्र विकासका लागि संघीय सरकारले विनियोजन गरेको बजेटमध्ये चालु आर्थिक वर्षमा जम्मा ४४ दशमलव ८० प्रतिशतमात्र खर्च भएको छ।

कोष तथा लेखा नियन्त्रण कार्यालयले साउनयता हालसम्म पुँजीगत खर्च तीन अर्ब ९६ करोड ७३ लाख ५६ हजार ९२० रूपैयाँ भएको जनाएको हो।
 
जिल्लाको समग्र विकासका लागि आठ अर्ब ७८ करोड ४४ लाख ११ हजार ६९१ रूपैयाँ विनियोजन गरिएको थियो।

जिल्लाका विकास निर्माण गर्ने आयोजनाले निर्माणको काम गरिरहेको भए पनि भुक्तानी मागको काम आवको अन्त्यमा गर्ने भएकाले पुँजीगत खर्च कम भएको कोष नियन्त्रक ऋषि अधिकारीले जानकारी दिए।

यो कार्यालयले चालु आवमा चालु खर्च ८० दशमलव २१ प्रतिशत गरेको छ। चालु खर्चका लागि १३ अर्ब छ करोड ७१ लाख २४ हजार ९८० रूपैयाँ विनियोजन गरिएकोमा १० अर्ब  ५१ करोड ९५ लाख २० हजार ८१० रूपैयाँ खर्च भएको छ। रासस


प्रकाशित : बिहीबार , जेठ १ २०८२१०:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend