शुक्रबार, असार ६ गते २०८२    
शुक्रबार, असार ६ २०८२
images
images

चितवनको पुँजीगत खर्च ४४ प्रतिशतमात्र

images
बिहीबार , जेठ १ २०८२
images
images
चितवनको पुँजीगत खर्च ४४ प्रतिशतमात्र

जिल्लाको समग्र विकासका लागि आठ अर्ब ७८ करोड ४४ लाख ११ हजार ६९१ रूपैयाँ विनियोजन गरिएको थियो।

images
images

चितवन- जिल्लाको समग्र विकासका लागि संघीय सरकारले विनियोजन गरेको बजेटमध्ये चालु आर्थिक वर्षमा जम्मा ४४ दशमलव ८० प्रतिशतमात्र खर्च भएको छ।

images
images
images

कोष तथा लेखा नियन्त्रण कार्यालयले साउनयता हालसम्म पुँजीगत खर्च तीन अर्ब ९६ करोड ७३ लाख ५६ हजार ९२० रूपैयाँ भएको जनाएको हो।
 
जिल्लाको समग्र विकासका लागि आठ अर्ब ७८ करोड ४४ लाख ११ हजार ६९१ रूपैयाँ विनियोजन गरिएको थियो।

images
images

जिल्लाका विकास निर्माण गर्ने आयोजनाले निर्माणको काम गरिरहेको भए पनि भुक्तानी मागको काम आवको अन्त्यमा गर्ने भएकाले पुँजीगत खर्च कम भएको कोष नियन्त्रक ऋषि अधिकारीले जानकारी दिए।

images
images
images

यो कार्यालयले चालु आवमा चालु खर्च ८० दशमलव २१ प्रतिशत गरेको छ। चालु खर्चका लागि १३ अर्ब छ करोड ७१ लाख २४ हजार ९८० रूपैयाँ विनियोजन गरिएकोमा १० अर्ब  ५१ करोड ९५ लाख २० हजार ८१० रूपैयाँ खर्च भएको छ। रासस


प्रकाशित : बिहीबार , जेठ १ २०८२१०:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend