शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

बिहीबार , जेठ १ २०८२
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले चार करोड ४६ लाख रूपैयाँमा बहुवर्षीय ठेक्का लगाएर निर्माण प्रारम्भ गरेको हो।

मुस्ताङ- जिल्लाको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ। 

गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले चार करोड ४६ लाख रूपैयाँमा बहुवर्षीय ठेक्का लगाएर निर्माण प्रारम्भ गरेको हो।

उक्त कार्यालयका सूचना अधिकारी घनश्याम मगरका अनुसार  २०८३ साउन अन्त्यसम्ममा निर्माण सम्पन्न गर्नुपर्नेछ। पुल ३५ मिटर लामो र दुवैतर्फ दुई दशमलव चार मिटर पैदलमार्गसहित आठ दशमलव चार मिटर चौडा हुनेछ। हालसम्म भौतिक ४५ र वित्तीय प्रगति ३७ प्रतिशत भएको छ।

यसैबीच, प्रदेश सरकारले घरपझोङ गाउँपालिकाको थाक पाँच गाउँअन्तर्गत जोमसोम, ठिनी, ढुम्बा, स्याङ, छैरो-चिमाङ र मार्फा जोड्ने १० दशमलव पाँच किलोमिटर सडक स्तरोन्नति गरिरहेको छ। रासस

प्रकाशित : बिहीबार , जेठ १ २०८२१०:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend