शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

हिमालयन डिस्टिलरीले गर्‍यो २३ करोड ८ लाख ९८ हजार रुपैयाँ करछली

बुधबार, वैशाख ३१ २०८२
हिमालयन डिस्टिलरीले गर्‍यो २३ करोड ८ लाख ९८ हजार रुपैयाँ करछली

३० प्रतिशत आयकर तिर्नुपर्नेमा यो कम्पनीले २५.५ प्रतिशतमात्र आयकर तिरेको छ।

काठमाडौं- मदिरा उत्पादक कम्पनी हिमालयन डिस्टिलरी लिमिटेडले २३ करोड रुपैयाँभन्दा बढी करछली गरेको पाइएको छ।

मदिरा उत्पादन गर्ने र धितोपत्रमा सूचीकृत भएको यो कम्पनीले नियमको उल्लंघन हुनेगरी खर्च दाबी गर्दै कर छुट लिएको पाइएको छ। 

आयकर ऐनले धितोपत्रमा सूचीकृत उत्पादनमूलक उद्योगलाई १५ प्रतिशत छुट हुने व्यवस्था गरेको छ। आयकर ऐनको यो व्यवस्था भएपनि ब्रान्डी, साइडर र वाइन उद्योग बाहेकका मदिरा उद्योगले यो सुविधा नपाउने व्यवस्था गरेको छ। 

यस्तोमा हिमालयन डिस्टिलरीले भने कर छुटको सुविधा लिएको छ। चार आर्थिक वर्षको ५ अर्ब १३ करोड १० लाख रुपैयाँ आयमा ३० प्रतिशत आयकर तिर्नुपर्नेमा यो कम्पनीले २५.५ प्रतिशतमात्र आयकर तिरेको छ। 

हिमालयन डिस्टिलरीले चोरबाटोबाट गएर छुट सुविधा मागेको र त्यसैलाई अनुमति दिएको खुलेको हो। यसरी कर छुट दिन नहुने भएकाले थप अनुसन्धान गरी २३ करोड ८ लाख ९८ हजार असुल गर्न महालेखाले राय दिएको छ। 


प्रकाशित : बुधबार, वैशाख ३१ २०८२१९:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend