बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

सिट क्षमता बढी र हाइब्रिड भनेर टोयोटा हायस आयातमा करछली

images
बुधबार, वैशाख ३१ २०८२
images
सिट क्षमता बढी र हाइब्रिड भनेर टोयोटा हायस आयातमा करछली

युनाइटेड ट्रेडर्स सिन्डिकेट नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यको कम्पनी हो। युनाइटेड ट्रेडर्स सिन्डिकेटले जापानी कम्पनी टोयोटाका कार तथा माइक्रोबस नेपाली बजारमा आयात गरेर बिक्री गर्दै आएको छ।

images
images

काठमाडौं- टोयोटाको हायसमा करछली गरेर आयात भइरहेको पाइएको छ। टोयोटाको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले हायर माइक्रोबस आयातमा करछली गरेको पाइएको हो। 

images
images
images

युनाइटेड ट्रेडर्स सिन्डिकेटले करछलीका लागि आयात हुनुपर्ने भन्सार उपशीर्षकभन्दा कम लाग्ने उपशीर्षकबाट जाँचपास गराएर करछली गरेको महालेखापरीक्षकको कार्यालयले औँल्याएको छ। 

images
images

वीरगञ्ज भन्सार कार्यालयबाट युनाइटेड ट्रेडर्स सिन्डिकेटले आयात गरेको टोयोटा हायस विभिन्न मोडलको पैठारी गरेकोमा उक्त सवारीसाधनको आयतन ५९११५/१९५०/२२८० एमए तथा वजन २६५५ किलोग्राम रहेको र १४ सिट रहेकोमा भन्सार उपशीर्षक ८७०२.१०.३० माइक्रोबसमा जाँचपास हुनुपर्नेमा एक सिट बढी देखाइ कम्प्रेसर इन्जन र इलेक्ट्रिक मोटर नभए तापनि भन्सार उपशीर्षक ८७०२.२०.२० (मिनिबरहरु) मा वर्गीकरण गरेर करछली गरेको महालेखाले ठहर गरेको छ। 

images
images

मिनिबस जाँचपास गरेको सम्बन्धमा जाँचपास गर्दाका बखत सवारीसाधनको वजन र सिटका साथै कानूनबमोजिमको मापदण्ड निहित रहेको पुष्टि हुने प्रमाण नराखि गाडी जाँचपास गराइएको थियो। 

आर्थिक ऐनको प्रावधान तथा सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम १८(१) घमा तोकिएको आधारबमोजिमको सिट रहेको प्राविधिक पुष्टिबेगर टोयोटाका हायस माइक्रोबसमा वर्गीकरण गर्नेपर्नेमा मिनिबसमा वर्गीकरण गर्दा करछली भएको हो। यसरी युनाइटेड ट्रेडर्स सिन्डिकेटले ५ करोड ८२ लाख ८ हजार रुपैयाँ करछली गरेको हो। 

छली भएको ५ करोड ८२ लाख ८ हजार रुपैयाँ युनाइटेड ट्रेडर्स सिन्डिकेटबाट असुल गर्न भन्सार कार्यालयलाई महालेखाले भनेको छ। 

युनाइटेड ट्रेडर्स सिन्डिकेट नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यको कम्पनी हो। युनाइटेड ट्रेडर्स सिन्डिकेटले जापानी कम्पनी टोयोटाका कार तथा माइक्रोबस नेपाली बजारमा आयात गरेर बिक्री गर्दै आएको छ। 

चीनबाट आयात हुनेमा मात्र नभइ जापानबाट आयात हुने माइक्रोबसमा समेत करछली भएको महालेखाले औँल्याएको छ। यसबारेमा अब सरकारले कडाइका साथ आयातमा निगरानी गर्नुपर्ने देखिन्छ। 


प्रकाशित : बुधबार, वैशाख ३१ २०८२१९:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend