शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

रसुवाको उच्च हिमाली क्षेत्रमा नेपाल टेलिकमको फोरजी मोबाइल सेवा विस्तार

बुधबार, वैशाख ३१ २०८२
रसुवाको उच्च हिमाली क्षेत्रमा नेपाल टेलिकमको फोरजी मोबाइल सेवा विस्तार

क्यान्जिन उपत्यकामा नयाँ बीटीएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो।

काठमाडौं- नेपाल टेलिकमले रसुवाको उच्च हिमाली क्षेत्रमा फोरजी मोबाइल सेवा विस्तार गरेको छ। लाङटाङ-क्यान्जिन पदमार्गमा सो क्षेत्रका बासिन्दा तथा पर्यटकलाई लक्षित गरी फोरजी मोबाइल सेवा सञ्चालन गरिएको टेलिकमले जनाएको छ।

समुद्री सतहबाट करिब ३८०० मिटरको उचाइमा अवस्थित क्यान्जिन उपत्यकामा नयाँ बीटीएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो।

काठमाडौंदेखि सबैभन्दा नजिकको हिमाली पदमार्गको रुपमा चिनिने यस क्षेत्रमा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाले पर्यटकहरुलाई यात्राका दौरानमा सांस्कृतिक, प्राकृतिक र भौगोलिक विविधताको अनुभव आफ्ना प्रियजनहरुसँग साटासाट गर्न सहयोग पुग्ने टेलिकमको विश्वास छ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका-४ मा पर्ने र स्याफ्रुबेँसीबाट लगभग २ दिनको पैदलयात्रामा पुगिने मनमोहक पर्यटकीय स्थल क्यान्जिन उपत्यका स्वदेशी तथा विदेशी पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थल हो।

लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्ने यस उपत्यकामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, पर्यटक तथा यस भेगका पर्यटनलगायत अन्य व्यवसायीहरु समेत लाभान्वित हुने विश्वास कम्पनीको छ।


प्रकाशित : बुधबार, वैशाख ३१ २०८२१६:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend