बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

विकास निर्माणको सबै काम प्रदेश र स्थानीय सरकारलाई दिनुपर्छ : सांसद राउत

images
बुधबार, वैशाख ३१ २०८२
images
विकास निर्माणको सबै काम प्रदेश र स्थानीय सरकारलाई दिनुपर्छ : सांसद राउत

उनले संविधानमा नै स्थानीय र प्रदेश सरकारलाई विकासको अधिकार दिने प्रावधान राख्न सुझाव दिए।

images
images

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले विकास निर्माणको सबै काम प्रदेश र स्थानीय सरकारलाई हस्तान्तण गर्न माग गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकको बैठकमा आर्थिक वर्ष २०८२/८३ को लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर बाहेक) माथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन्।

images
images
images

उनले संविधानमा नै स्थानीय र प्रदेश सरकारलाई विकासको अधिकार दिने प्रावधान राख्न सुझाव दिए। सिद्धान्त र प्राथमिकतामा ७ सिद्धान्त र २५ वटा प्राथमिकता रहेको छ। नागरिक उन्मुक्ति पार्टीका नेता गंगखराम चौधरीले कैलाली जिल्लाको भजनी, घोडाघोडी र कैलाली पालिकाको विकासको निम्ति बजेटको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

images
images

सरकारले प्रस्तुत गरेका सिद्धान्त र प्राथमिकतामा ‘समावेश लोक कल्याणकारी राज्यको अवधारणाअनुरुप समावेशी विकास र सामाजिक न्याय कायम गरिने छ’ भन्ने विषयलाई व्यवहारिक रुपमै कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ।

images
images

नेपाली काँग्रेसका नेता राजेन्द्रकुमार केसीले सरकारले नेताको पहुँचको आधारमा भन्दा पनि सन्तुलित विकासलाई ध्यानका राखेर बजेट विनियोजन गर्नुपर्ने धाराणा राखे। उनी भन्छन्, ‘सांसद कोषले सांसदको धेरै बदनाम ग¥यो, अब सरकारले सांसद कोष नराख्ने भएको छ, त्यसको लागि सरकारप्रति धन्यवाद दिन चाहन्छु।’ रासस 


प्रकाशित : बुधबार, वैशाख ३१ २०८२१५:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend