शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

भोजपुरमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम

बुधबार, वैशाख ३१ २०८२
भोजपुरमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम

गाउँपालिकाका व्यवसायीहरूमा उद्यमशीलताको विकासका लागि कार्यक्रमबाट मद्दत पुग्ने विश्वास लिइएको छ।

भोजपुर- पौवादुङमा गाउँपालिकामा पहिलोपटक ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन’ कार्यक्रम सुरु भएको छ। कोशी प्रदेश सरकार, पौवादुङमा गाउँपालिका र दायित्व नामक संस्थाको लागत साझेदारीमा कार्यक्रम सुरु भएको हो। 

दायित्व संस्थाका कोशी प्रदेश संयोजक भविन विश्वकर्माका अनुसार गाउँपालिकाभित्रका ४० जना उद्यमीलाई छनोट गरिएको छ।

छनोटमा परेकालाई उद्यमशीलतासम्बन्धी तीनदिने प्रशिक्षण पनि प्रदान गरिएको छ। छनोटमा परेका १० जना व्यवसायीलाई नवप्रवर्द्धन गर्न एक-एक लाख रूपैयाँ सहयोग गरिने संयोजक विश्वकर्माले जानकारी दिए।

गाउँपालिकाका व्यवसायीहरूमा उद्यमशीलताको विकासका लागि कार्यक्रमबाट मद्दत पुग्ने गाउँपालिका उपाध्यक्ष ज्योत्स्ना राईले बताइन्।

कार्यक्रममा कोशी प्रदेश सरकारको ४० लाख, गाउँपालिकाको २० लाख र दायित्व संस्थाको १५ लाख गरी ७५ लाख रूपैयाँ लागतमा सञ्चालन गरिने उनले जानकारी दिइन्। रासस


प्रकाशित : बुधबार, वैशाख ३१ २०८२१०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend